Posted by: no_quiero January 15, 2009
Anti-maoists protests in Koteshwor, Tinkune, Baneshwor, Balkumari......
Login in to Rate this Post:     0       ?        






खामलाई पुरस्कृत गरिएकोमा घाउ बल्झिएको छ: रामहरिकी पत्नी रमिला



 
कारबाही नभए फेरि संघर्ष गर्छौं : कोटेश्वर नागरिक संघर्ष समिति



दीपक दाहाल, काठमाडौं माघ २



सत्तारुढ एकीकृत नेकपा माओवादीले कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठ
हत्याकाण्डका मुख्य अभियुक्त कालीबहादुर खाम ´विविध´ लाई केन्द्रीय
समितिमा ल्याएको घटनाको विरोध गर्दै पीडित परिवारले त्यसविरुद्ध पुनः
संघर्ष गर्ने चेतावनी दिएको छ।



रामहरिको परिवारले हत्याका मुख्य आरोपी खामलाई माओवादीले केन्द्रीय
समितिमा ल्याएर अपराधीलाई पुरस्कृत गरेको टिप्पणी गर्दै उनलाई पार्टीको
जिम्मेवारीबाट हटाई कारबाही नगरिए पुनः संघर्ष थाल्ने बताएको हो।


रामहरिकी पत्नी रमिलाले माओवादीबाट खामलाई गरिएको निलम्बन
फिर्ता गरी केन्द्रीय समितिमा ल्याइएको घटनाले माओवादी अध्यक्ष पुष्पकमल
दाहालले आफूसित गरेको प्रतिबद्धता नाटकमात्र रहेछ भन्ने प्रस्ट भएको
बताइन्।






´प्रधानमन्त्रीले त्यतिबेला खामको नामै लिएर कारबाही गर्छु भनेका थिए तर
पुरस्कृत पो गरेछन्´ रमिलाले भनिन्। उनले खामलाई पुरस्कृत गरिएको घटनाले
आफ्नो घाउ बल्झिएको महसुस गरेको र हत्यामा माओवादी अध्यक्ष दाहालसमेत दोषी
हुन् कि भन्ने लागेकोसमेत बताइन्।



उनले रामहरिको हत्याका अभियुक्तलाई पुरस्कृत गरिएको घटनाले आफूहरुमाथि
अन्याय भएको प्रतिक्रिया व्यक्त गर्दै प्रधानमन्त्री एवं माओवादी अध्यक्ष
दाहालसँग त्यसबारेमा भेटेर ध्यानाकर्षण गराउने र निर्णय नफेरिए आन्दोलनमा
उत्रिने बताइन्।



माओवादीद्वारा गत जेठमा रामहरिको अपहरणपश्चात् हत्या गरिएको थियो। हत्याको
विरुद्ध कोटेश्वर नागरिक संघर्ष समिति गठन गरी आन्दोलन गरेपछि रामहरिको
परिवार र माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग खामसहितका दोषीलाई
कारबाहीलगायतको ७ बुँदे संम्झौता भएको थियो।



सहमतिबमोजिम माओवादीका तर्फबाट दिइएको २० लाख क्षतिपूर्तिबाहेक सम्झौताका
कुनै पनि बुँदा कार्यान्वयन नभएकामा रमिलाले रोष प्रकट गरिन्। उनका अनुसार
सम्झौतामा रामहरिलाई सहिद घोषणा र दोषीलाई कारबाही गरिनेलगायतको
प्रतिबद्धता व्यक्त गरिएको थियो।

सरकारले उक्त घटनाका सम्बन्धमा छानबिन गर्न न्यायाधीश राजेन्द्र भण्डारीको
संयोजकत्वमा गठन गरेको न्यायिक समितिले खामलगायत चार जनालाई दोषी ठहर
गर्दै कारबाहीको सिफारिस गरेको थियो । तर माओवादी नेतृत्वको सरकारले
न्यायिक समितिको सिफारिसलाई कार्यान्वयनतर्फ कुनै ध्यान दिएको छैन भने खाम
पनि गोप्य रुपमा बसिरहेका छन्। उनी रामहरिको हत्यापछि माओवादीको छापामारको
चितवन शक्तिखोरस्थित शिविरमा बस्दै आएको जानकारी पार्टी स्रोतले दिएका छन्।



संघर्ष गर्छौ : कोटेश्वर नागरिक संघर्ष समिति

कोटेश्वर नागरिक संघर्ष समितिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले खामलाई
केन्द्रीय समितिमा लगेपछि राज्यले हत्यारा भनेको मान्छेलाई नेतृत्वमा
लग्ने पार्टी माओवादीको नेतृत्वमा सरकार हुन सक्छ कि सक्तैन भन्ने प्रश्न
उठेको बताए।

उनले आफूहरू कानुन व्यवसायी र माओवादीबाहेकका दलहरूसित छलफलमा रहेको र
खामलाई संरक्षण गर्ने पार्टीविरुद्ध पुनः संघर्षमा उत्रने चेतावनी दिए।
´अभियुक्तलाई नेतृत्वमा राख्ने पार्टीको सरकार रहन सक्छ कि सक्तैन अब
जनताले सोच्ने बेला भएको छ। माओवादीको पर्दाफास गर्ने गरी हामी पुनः
संघर्षमा उत्रन्छौं´, उनले भने- ´माओवादीको बोली र व्यवहार फरक रहेछ भन्ने
यो घटनाले पुनर्पुष्टि गरेको छ।´

Read Full Discussion Thread for this article