Posted by: vivasg January 14, 2009
प्रचन्डको सरकार र उमा सिंहको हत्या !!!
Login in to Rate this Post:     0       ?        
हिजो कांग्रेसले लाउडा खाएको थियो, एमालेले सडकका बारहरु भाचिएको देखियो आज नेपालमा "नय नेपाल"को सपना देखेका ति जनताहरुले कुन तमशाहरु देखिरहेका छन भन्ने कुरो यहाँ उल्लेख गर्नु नपर्ला । ००७ साल, ०४६ साल अनी त्यसपछिको जनआन्दोलनले दिएको जनादेश बाट आज जनताले के पाए ? फेरी त्यही महँगि ? लोड्सेडिङ ? अनी उमा सिहहरुका हत्या ? आज जनताले नौलो बिचार उठाए भने प्रचन्ड देश कब्जा गर्ने धम्की दिन्छन । उनी नेपालीका प्रधानमन्त्री हुन कि वाइ. सि. एलको कमान्डर ? अब हामी यहाँ बुझौ कि तिनले १५ बर्षामा स्कुल सकेको के अर्थ ? २५ बर्षमा क्रान्ति गरेको के सार ? १० बर्ष जङलमा कन्दमुल खाएको के माने ? अब हामी भनौ कसका लागि लडेका रहेछन त प्रचन्ड एन्ड कम्पनी ? फेरी कांग्रेस र एमालेको पालाको जस्तै भ्रस्टाचार र लाचारिको शासन देखाउने भए किन अलाप्नु पर्‍यो - "नया नेपाल"को मन्त्र अनी पुकारा ? यसरी प्रचन्डको भक्ती गाथा गाएर लेख्ने "शिर्शक" किन उमा सिंहको शिर्सक बनेन ? यो प्रचन्डको भक्तिगाथा गाउने बेला होइन । देश जलेको बेलामा, हाम्री र निर्दोश उमा सिंहकी आमा रोएर ढलेको बेलामा, आतंकले सबैको मन बलेको बेलामा प्रचन्डले गर्ने कुनै उदघाटनको कुनै अर्थ छैन - अब । अब बिचार  मर्न लागेको बेलामा निर्दोश जनता मरेको कथाले बल्झिएको हाम्रो मनको ज्वालाले प्रचन्ड र बामदेवहरुको बिरोधका खातिर समानताको भित्तोमा निर्दोशताको कलमले आक्रोशको उद्घाटन गर्न अगाडि बढ्ने बेला हो यो ।
Read Full Discussion Thread for this article