Posted by: CHYAME KANCHA January 13, 2009
Prachanda threatens Nepal and Nepalis
Login in to Rate this Post:     0       ?        

मध्यान्ह एकाएक खुल्लामंचमा एकिकृत माओवादीका अध्यक्ष प्रचण्ड प्रकट भए । अब सत्ता कब्जा गरिन्छ भन्दै धुंवाधार भाषण गरे । अरुलाइ गाली गरे अनी आफुले ताली खाए । अब यस्तो गरिन्छ उस्तो गरिन्छ भन्दै गफको थुप्रो लगाए । अनी प्रधानमन्त्री पुष्पकमल दाहाललाइ गर्नुसम्म गाली गरे । खुल्लामंचको कुनामा बसेर उनको गफ सुनिरहेको म बबुरो रनभुल्लमा परे । हैन लवाइ र बोलाइ दुबै प्रधानमन्त्री दाहाल जस्तै भएका यि मनुवा प्रचण्ड हुन कि प्रधानमन्त्री दाहाल ?
उनी साच्चिकै केवल प्रचण्ड मात्र बोलिरहेका थिए । प्रधानमन्त्री दाहाल हैन माओवदी अध्यक्ष प्रचण्ड मात्र । जो सत्ताधारीलाइ चुनौति दिन्छ । विपक्षिलाइ थर्काउछ र सत्ता नै कब्जा गरेर देखाइदिने चेतावनी पनि दिन्छ । तर उनले यि सबै बोलिरहंदा प्रधानमन्त्री त मै हु नी भन्ने हेक्का राख्न सकेनन । जसकारण उनी मंचमा उभिएर माओवादी अध्यक्ष प्रचण्डका रुपमा प्रधानमन्त्री पुष्पकमल दाहाललाइ नै चेतावनी दिइरहेका थिए । ताता ताता क्रान्तीकारी कुरा गरिरहेका थिए । अचम्म स्रोताहरु लौ अब क्रान्तीकारी काम नै हुने भयो भनेर मच्ची मच्ची ताली पिटिरहेका थिए ।


उनी कुर्लीए-सामन्तवादका पक्षपोषकहरुले यो सरकार ढाले दोस्रो दिननै सत्ता कब्जा गरेर देखाइदिने छौं । अनी सरकार आफैं ढले नेपालको अस्तित्व नै संकटमा पर्ने छ ।’ भनेपछि सरकार आफैं ढले पनि अफाप अरुले ढालेपनि अफाप । एक्कासी मेरा हात ताली बजाउन थालेछन । ‘वाह प्रचण्ड क्या काइदा’ अनायसै शब्द फुत्किए मेरा ।


प्रधानमन्त्री दाहाल संविधान सभा मार्फत सबैभन्दा ठुलो दलको रुपमा सत्ताको नेतृत्व गरिरहेको पार्टी माओवादी नेतृत्वको सरकार ढल्छ कि भन्ने त्रासमा छन कि क्या हो मनले मनलाइ प्रश्नसोध्यो । अनी तत्काल उत्तर आयो-धत पागल कहां हुन्छ यस्तो पनि यत्ति नबोले कसले ताली पिट्ने । त पिट्छन । मनको उत्तरले मन दगं पर्यो । हो राम्रो काइदा ।


उनले पुरानो कथा हाले । डुंगाको कथा । अनी त्यहां लगेर सबै दललाइ बसाउंदै चेतावनीको शैलीमा भने-हेर डुंगा प्वाल नपार है सबै डुब्छौ म बाहेक । अचम्म परे म एउटै डुंगामा बसेका अरु चै डुब्ने उनी चै कसरी उत्रिने होला । तर प्रचण्डले बोलेका कुरा हो रहेछ । त्यो डुंगामा भएकामध्ये उनलाइ मात्र पौडिन आउंछ रे । अरुलाइ आउंदैन रे । म झसंग भए । लौ मलाइ पनि त पौडन आउंदैन नी । धत् सिक्नु पर्ने रहेछ ।


चेतावनीको पालो सकियो । अब लागे फकाउनतिर । शान्ति प्रकृया निष्कर्षमा पुर्याउन सबै दल मिल्नुपर्छ । कांधमा कांध मिलाएर संगै हिड्नुपर्छ । उनको कुरो सुनेर दगं परे म अनी भने- हो कुरो सत्य हो । तर फेरी मनले मलाइ प्रश्न सोध्यो-सशस्त्र कांध र निशस्त्र कांध कसरी संगै हिड्लान लामो समय कुरे तर उत्तर आएन ।


http://www.hamroblog.com/?p=1118#more-1118

Read Full Discussion Thread for this article