Posted by: CT. January 13, 2009
बाबुरामलाइ प्रधानमन्त्री बनाउने खेल शुरु
Login in to Rate this Post:     0       ?        

अहिले बाबुरामको बढाइचढाइ गर्ने एकोहोरो प्रचारयुद्ध छेडिएको छ । भारतीय गुप्ताङ बनेको सार्वजनिक आरोप खेपेका बाबुरामका कैयौ गतिविधिहरुले यी आरोप मिथ्या हैनन भनी पुष्टी गरेको छ, कैयौपटक भारतीय शक्तिहरुलाइ मनचाहेको निर्णय गराउन सक्ता रहेछन भन्ने देखाइसकेका छन । देशमा पानी छैन, विजुली छैन, सुरक्षा छैन, कच्चा पदार्थ छैन, उद्योग धन्दा वा उत्पादकत्व बढ्ने कुनै गतिविधि हुनसकेको छैन, सम्पूर्ण विकास गतिविधि ठप्प छ, भ्रष्टाचार कमिशनको निमित्त निर्लज्ज भिडन्त हुन्छ, निर्धा र इमान्दारहरुले ठेक्का पाउने त परै जाओस टेण्डर हाल्न पनि ज्यानको जोखिम मोल्नु पर्छ, सुचना संयन्त्र संत्रस्त बनाएर कुँजो बनाइएको छ, साना ठुला ब्यापार गर्नेहरु गुण्डाहरुलाइ हप्ता बुझाउदै ज्यान बचाउन बाध्य छ, अन्याय अपहरणमा परेकाहरु चुपचाप पैसा दिएर वा रोइकराइ आँसु निल्दै पिडा सहन बाध्य छ, अर्थतन्त्रलाइ टेवा दिने कुनै किसिमको कार्यक्रम योजना र गतिविधिहरु सरकारले जनतासामु लान सकेको छैन, कुनै ब्यवसायी उत्साहित छैन, कसैको ब्यवसायले प्रगति गर्दैछ भन्ने समाचार आउँदैन, यस्तो खत्तम हालत छर्लङ्ग देख्दादेख्दै कसैले देशको अर्थतन्त्र मजवुत हुँदैछ, र कर संकलन बढ्दैछ भनेर दावा गरे त्यो जस्तो हावादारी कुरा अरु कुनै पनि हुन सक्तैन ।


तर दुतावासका हण्डी खाने पत्रिकाहरु "अर्थमन्त्रीले चमत्कार गरेका छन" शैलिका प्रायोजित समाचार पस्कन ब्यस्त छन । कर संचिति बढेको रे, विदेशी मुद्रा संचिति बढेको रे, लक्ष्यभन्दा बढी राजस्व संकलन भएको रे । हुनु पर्ने विकास खर्च नगरेपछि तथा मुद्रास्फित बढेपछि कर संचिति बढेजस्तो अवश्य देखिन्छ, तर त्यसले अर्थतन्त्रमा नकारात्मक प्रभाव पारेको हुन्छ, अर्थतन्त्रका विद्यार्थिहरु संचिति हैन सदुपयोग हेर्न चाहन्छन । म्यानपावर भन्दा बाहेर अर्थोक के निकासा गरेर विदेशी मुद्राको संचिति बढेको रहेछ ? छ तथ्याङक ? म्यानपावर निकासी र रेमिटेन्सबाट बढेको विदेशी मुद्रा संचितिले अर्थतन्त्रमा सकारात्मक योगदान दिनभए फिलिपिन्स, इण्डोनेशिया, बांगलादेश किन विकासमा पछि परेको? राजस्व संकलन लक्षभन्दा बढी भयो भन्ने पनि मैले पत्याएको छैन । पहिला एकपल्ट रामशरण महतले पनि यस्तै दावा गरेका थिए, पछि, थाहा लाग्यो उनले तथ्याङ्कमा हातेसफाइ गरेका रहेछन । आफैले घोषणा गरेको मितब्ययिताको नारालाइ आफ्नै स्वास्नीले समेत अटेर गरेर धोति लगाइदिदा यिनलाइ लोकलाज बचाउन हम्मे परेको छ, बाँकि हेडक्वाटर, सुल्डरक्वाटर, ह्याण्डक्वाटर, लेगक्वाटरहरुले सपरिवार विदेशभ्रमण गरेर यिनी सार्वजनिक मञ्चमा मितव्ययिताको कुरा गर्ने नैतिकता समेत गुमाएर बसेका छन । के यी तथ्यहरु गलत हुन त?


यति विघ्न स्पष्ट देखिएका सवुतहरुमाथि पर्दा हाल्दै एकोहोरो बाबुराम भक्तिका प्रलाप र प्रचार देखिन जानु र त्यो पनि बिशेषत: भारतीय दुतावासको हड्डीमा रमाउने पत्रिकाहरुले यसलाइ चर्को प्रचारगर्नु पछाडि निश्चय नै केहि कारण छ। लाग्छ यिनीहरु प्रचण्डलाइ विस्थापित गरेर बाबुरामलाइ प्रधानमन्त्री बनाउन आतुर छन र त्यसको निमित्त भुमिका तैयार गर्दैछन ।

Read Full Discussion Thread for this article