Posted by: Geology Tiger January 12, 2009
पृथ्वीनारायण शाह र अहिलेको नेपाल
Login in to Rate this Post:     0       ?        
भनिन्छ ईतिहस जहिले पनि जित्नेहरुकै हुन्छ, र जुन रुपमा हामीलाई स्कुल र कलेजहरुमा पृथ्वीनारायण शाहको जिबनी पढाइयो त्यो वास्तविकता भन्दा अली टाढै थियो, हरेक भए नभएका फुँदाहरु गाँसेर उनको ईतिहास पढियो, तर अहिले शाह बंशको पतन भईसकेको छ, अब ज-जसलाई शाह बंशको बद्ख्वाँई गरेर आफ्नो दुनो सोझाउनु छ उनिहरुले हरेक भए नभएका कुरा उठाएर गाली गर्नेछन्, एउटा सत्य कुरा के हो भने पृथ्वीनारायण शाहले नेपालको एकिकरण सांच्चैनै एउटा सिङो नेपाल बनाउने र नेपालीहरु माझमा एकता गराउने उद्देस्यले गरेका होइनन्, यस्मा उन्को ब्यक्तिगत महत्वकाङक्षाले बढी भूमिका खेलेको थियो, तर उन्ले जुन स्वार्थले सुरु गरे पनि नेपाल राज्यको एकिकरणको अभियान उनैबाट सुरु भएको हो र यस्को श्रेय उनैलाई जान्छ। कतिपयलाई लाग्न सक्छ नेपाल भएर के भयो त बरु यो नभएको भए हामी सबै भारतीय हुन्थ्यौ, आनन्दै हुन्थ्यो। तर भारतीय हुनु भनेको अहिले हामीले भोगिरहेको सारा समस्याहरुको समाधान होइन बरु तल्लो दर्जाको नागरिक हुनु हो। हामी हाम्रो र हाम्रा नेताहरुको अकर्मण्यताको दोष पृथ्वीनारायण शाहमाथि थुपार्न सक्दैनौं। भलै पछिछ्ला शाह राजाहरुबाट देश र जनताले मनोमानी शासन बाहेक केही अनुभव गर्न पाएनन्, भलै पृथ्वीनारायण शाहले पनि आफ्नो जिबनकालमा धेरै गल्तिहरु गरेका थिए, तैपनी नेपाल एकिकरण अभियानमा उन्को देन अकाट्य छ, र उन्ले दिएका उपदेशहरु अझै पनि सान्दर्भिक छ। यदी उन्को शालिक र नाम गाँसिएका हरेक बस्तुहरुको अस्तित्व आस्विकार गर्ने हो भने हजारौं नेपालीहरुको रगतको खोलो बगाएर सतामा आएका बर्तमान प्रधानमन्त्रिलाई किन स्विकार गर्ने? 
Read Full Discussion Thread for this article