Posted by: testaicha January 11, 2009
2nd Amateur Momo Cooking Competition in Philadelphia area.
Login in to Rate this Post:     0       ?        

फिलाडेल्फियामाँ अयोजित दोस्रो अव्यवसायिक मोमो पकाउने प्रतियोगितामा पाँच वटा प्रतियोगिहरुको सहभागिता थियो. यस्मा भर्जिनिया का रूबी मुखिया ले प्रथम स्थान, न्यूयार्क का लोलो राइ र प्रणिता ले दोस्रो र पेन्सिल्वेनिया का सुशिल र वसुंधरा तम्रकारको तेस्रो स्थान रहेको छ. यस् समरोह्को प्रायोजक सब्जी मंडीका पुरुषोत्तम श्रेष्ठ र पर्शियन ग्रिल रेस्तरांका बिमल र बिनोद मोक्तान रहेका थिए. सबै प्रतियोगिले पर्शियन ग्रिल को ५० डॉलर को गिफ्ट कार्ड र पहिलो, दोश्रो र तेश्रो स्थान पाउनेले पुरुषोत्तम जी बाट सात, पॉँच र तीन लीटर को प्रेशर कुकर पाउनु भयो. यस् समारोहमा लगभग २०० को उपस्थिति थियो. यसै समारोहमा स्थानीय नेपाली बैंडले नेपाली गीतले र स्थानीय केटाकेटीले नाच गानद्वारा दर्शक हरुको मनोरंजन गरेभने डी जे ले सबै लाई नचाये.  

Read Full Discussion Thread for this article