Posted by: CT. January 9, 2009
मतदातालाइ "खुच्चिंङ" भन्ने ?
Login in to Rate this Post:     0       ?        

संविधानसभा निर्वाचनमा सस्तो प्रचारबाजिमा हिँड्दै आश्वासनको खेती गरेका प्रचण्डलाई अहिले उनकै मतदाताले ढुङ्गा हान्ने दिन आएको छ अरे । निर्वाचनताका कीर्तिपुरको बाघभैरवमा आयोजित सभामा 'विश्वविद्यालय बनाउँदा सरकारले कीर्तिपुरबासीलाई ठगेको' भन्ने प्रचण्ड अहिले कीर्तिपुरवासीका सामु नाजवाफ छन् अरे । प्रचण्डले निर्वाचनताका कीर्तिपुरका सभाहरूमा विश्वविद्यालय स्थापना गर्दा अधिग्रहण गरेको जग्गाको नयाँ मूल्य निर्धारण गर्ने र कीर्तिपुरबासीलाई रोजगार, स्वास्थ्य र शिक्षामा पहिलो प्राथमिकताक्रम निर्धारण गर्ने जस्ता हावादारी आश्वासनहरु बाँडेका थिए अरे । सडकमा छउञ्जेल 'न्याय दिलाउने' भाषण गरेका प्रचण्ड अहिले विश्विद्यालयको कूलपति एवम् मुलुककै शक्तिशाली पदमा पुगेपछि मौन बसेपछि तिनै मागलाई लिएर अहिले कीर्तिपुरबासी आन्दोलनमा उत्रेका हुन अरे र त्यसै कारण देशको प्रमुख शैक्षिक केन्द्र त्रिभुवन विश्वविद्यालय र यस अन्तर्गत रहेका सिनास, सेडालगायतका अनुसन्धान केन्द्रहरू अनिश्चितकालका लागि बन्द भएको छ अरे । प्रचण्ड महाराजले पहिला स्कुल बन्द गराएर जबर्जस्ति बिद्यार्थी लगेर वाइसियल बनाउथे अब टियु बन्द गराएर, २२ घण्टा लोडशेडिंङ थपेर, महँगी बढाएर, नयाँ नेपाल भनेको विद्युत पनि नचाहिने, शिक्षा पनि नचाहिने, वाइसियल भएसि जे गर्न नि पाउने नेपाल हो भन्ने प्रमाणित गर्न लागि परेका छन भन्दा हुने भएको छ अरे ।


अब के मतदातालाइ "खुच्चिंङ" भन्ने ?

Read Full Discussion Thread for this article