Posted by: chipledhunga January 7, 2009
~ * चौतारी-१३७ *~ New Year Special
Login in to Rate this Post:     0       ?        

तिमीले भनेका सारा देव छोएर
म किरिया खान कहाँ सक्छु र
यदि मान्छौ भने म तिम्रै देव भनेर
म त खाइदिन्छु कसम आँफैलाई भाकेर

रात भरि तिमी रोइदिंदा रोए थें म केही बेर
केही बेर तिमी हाँसिदिंदा हाँसेथें म धेरै बेर
अनि पौरषताका के कुरा
चौडा छातीका के कुरा
सुखमा हाँस भन्छौ भने दु:खमा कहिले रोएथें

तारालाई साक्षी राखेर कसम कहिले खाएथें
पानीमा औंला चोपेर सन्धि नै कहिले गरेथें
अनि बाध्यताका के कुरा
पाप धर्मका के कुरा
विश्वास गर भन्छौ भने अबिश्वास नै कहिले गरेथें
Read Full Discussion Thread for this article