Posted by: Geology Tiger January 6, 2009
थाहा थिएन
Login in to Rate this Post:     0       ?        

तिमी यस्तो रुखो छौ भन्ने थाहा भएकोभए शायद सारा संसार छोडेर तिम्रो पछी यती धेरै दौडिन्न थिए होला।
हिजो आज सोच्दै छु, मेरा कती रात र दिनहरु तिम्रै नाममा बालुवामा पानी झै बगेछन्, मेरा आँखाका सारा सपनाहरु बोकेर।
तिमी यस्तो निस्ठुरी छौ भन्ने थाहा भएकोभए शायद मुटुको हरेक धुकधुकिसँगै तिम्रो नाम जप्दिन थिए होला।
तिमीलाई आफ्ना हरेक खुशी र पिरहरु सुनाइरहँदा थाहा थिएन मलाई,तिम्रो हृदय त पुरै पत्थरले बनेको छ भनेर।


तिमीले आफ्नो जीवनको पानाहरुबाट यसरी मेरो नाम मेटीदिन्छौ भन्ने थाहा भएको भए शायद मुटुभरी तिम्रो नाम लेख्दिन थिए होला।
धेरैपटक र धेरै ठाउँहरुमा तिमीलाई आफ्नो भनेर सम्बोधन गरिरहँदा थाहा थिएन मलाई त्यो त केबल दिवास्वप्न हुनेछ भनेर।
मैले त आफूलाई तिम्रो सुखदुखमा साथ दिने साथी र अफ्ठ्याराहरुमा आड दिने साहारा बनाउन खोजेको थिए,
तर थाहा थिएन मलाई मेरो हरेक आगमनले नै तिमीलाई त्रसित बनाउन थालिसकेको छ भनेर।
 
मनको कुनै कुनामा आसा थियो मलाई शायद एकदिन तिमी समाजको सारा बन्धन तोडेर मेरो हुनेछौ।
तर थाहा थिएन तिमी त पूर्णरुपमा कायान्तरित र यन्त्रवत् भईसक्यौ भनेर।  
अन्तिम शब्द तिमीलाई यही नै छ मेरो अब निश्चित नै तिमी मबाट भाग्नु पर्ने छैन,
किनकी थाहा भईसक्यो मलाई तिम्रो साथको प्यास त केबल म्रिगत्रीष्णा हो भनेर।

Read Full Discussion Thread for this article