Posted by: Deep January 6, 2009
~ * चौतारी-१३७ *~ New Year Special
Login in to Rate this Post:     0       ?        
ए तानसेनको गफ चल्दै रे छ। तानसेन म पनि पुग्या छु, सिद्दार्थ राजमार्गमा ढलपल गर्ने बसाँ। बस पारकाँ ओर्लेर उकालो लागियो। चुकौली बजाईयो। मो:मो: पनि गोदीयो। टुँडीखेल छेवैमा राजा बीरेन्द्रको सालिक थ्यो। साना साँघुरा बाटाहरु थिए। काठमाडौका टोलहरु सँग मिल्ने नाम देख्दा काठमाडौबाट लखेटीएर पुग्नेहरुले राखेछन कि त्यस्ता नाम जस्तो लागेको थ्यो। उकालो चढेर माथी श्रीनगर डाँडामा पुगियो। त्यहाँबाट तानसेन छ्याङ्ग देखिने रहेछ। अनि वरीपरीका डाँडाहरु पनि। पानीको भने समस्या रहेछ त्यहाँ। पर्यटकियस्थलमा बिकास हुनु पर्ने ठाउँ उदास देखिन्थ्यो तर।
Read Full Discussion Thread for this article