Posted by: Rahuldai January 6, 2009
~ * चौतारी-१३७ *~ New Year Special
Login in to Rate this Post:     0       ?        

तारेमाम चिप्ले।
तानसेन त म पनि एक पटक पुगेको थिएं । श्री नगर डाँडा , अनी छेउ मा खाने पानी को अफिस। तल भुल्के खोलाबाट ५ तहमा पम्पिङ गरी ल्याइएको पानी। लिटर को झन्डै १ रुपैया पर्ने पानी लाई ८ हजार लिटर को २० रुपैया पनि तिर्न झर्को मान्छन।


 


क्या सुन्दर दरबार थियो
क्या सुन्दर घरबार थियो
सब ध्वस्त पारी दिए
सब अस्तब्यस्त पारी दिए
जताततै पसे
नयाँ जोगिले
बेसमारी खरानी धसे।
पशुपतीको शिरमा मुकुट छैन रे
मुकुट त सामन्ती राजाशाहीको प्रतिक रे
हसिया हठौडा र रातो झन्डा
नमाने लाई तातो डाँडा
काम्रेड पुजारी, ॐ जय शंकर सट्टा
ॐ जय प्रचन्ड भात्याउदै
सुन, मणी ,money रित्याउदै
चन्दन हैन
रक्त चन्दन
लाल सलाम गर्ने लाई
लाल गुलाम गर्ने लाई
बाड्दै छन
जनता भाड्दै छन
पशुपतिनाथ को सबैले कल्यान गरुन । 

Read Full Discussion Thread for this article