Posted by: FrozenDream January 6, 2009
Love lost....जब तिमी मेरो रहेनौ
Login in to Rate this Post:     0       ?        

sun_Shine ज्यू, मेरो प्रयास भनेको तपाईंको घाऊ छिटो निको भएको हेर्न चाहने हो, तपाईंलाई गलत साबित गर्नु अथवा तपाईंलाई घोचपेच गर्नु मेरो औचित्य होइन, यो कुरा त तपाईंले बुझ्नु भएकै छ। के गर्ने कुनै औषधीले पोल्छ, कुनै सुइले घोच्छ। जसले धोकाको बदला मायाले दिन्छ, आफू यती धेरै चोट सहेर पनि अरुलाई रिस देखाउदैन, त्यस्तो ब्यक्तीले प्रतिबाद गर्न खोज्ला भनेर म कसरी चिताउन सक्छु र? यदी प्रतिवाद नै गर्नु भयो भने पनि मिठो लाग्नेछ, फूलले हिर्काउँदा पनि दुख्छ र?


"अर्कै तरिकाले घोच्यो" भनेर कुन अर्थमा भन्नु भएको हो मैले अली प्रष्ट बुझिन। मेरो शब्दहरु चुच्चा थिए, त्यो स्विकार्छु, के गर्ने तपाईंको घाऊलाई सुइ लगाउन त्यस्तो शब्दहरु प्रयोग गर्नु पर्‍यो। यदी तपाईंलाई धेरै नै चित्त दुखेको हो भने चाँही फेरी उही sensitivity कै कुरा आउँछ है।                     


तपाईंको चोखो माया, तपाईंको निश्चलता, तपाईंको त्याग, तपाईंको समर्पण, यो सबै कुराको कुनै जवाफ छैन। यही तपाईंको गुणले गर्दा तपाईंलाई बिशिष्ट बनएको छ। तपाईंले जे गर्नुभयो त्यो ठीक गर्नु भयो। तपाईंले मनले माया गर्नु भयो, शायद उसले दिमागले। नत्र तपाईंको त्यो जोडी चखेवा-चखेवीको जस्तो हुन्थ्यो। बिगतलाई हेरेर पछुताउनु पर्ने जरुरी पनि छैन। तपाईं अहिले निकै कमजोर र दुखी हुनुभएको छ, मलाई खट्किएको पनि यही हो। तपाईं हारिरहनु भएको छ त केवल आफुसँग, न त भाग्यसँग, न त अरु कोहिसँग। तपाईं बलियो भएको हेर्न मन छ, तपाईं आँफैले आँफैलाई जितेको हेर्न मन छ। कहिले काही आफ्नो दिमागले मनलाई सम्हाल्न सक्नुपर्छ रे, यसको लागि अभ्यास चाहिन्छ होला, यसलाई emotional intelligence भनिदो रहेछ। तर माया दिमागले मात्र गरिनु पर्छ, अथवा तपाईं गलत हुनुहुन्छ भन्न खोजेको होइन। "माया गर्नु त Sun_Shine ले जसरी" यो उदाहरण म सबैलाई दिनेछु।


मायामा यो संसार अढेको छ भन्ने कुरामा आस्था राख्दछु। तर एउटा सिद्धान्तको कुरा गर्न मन लाग्यो। Maslow का अनुसार 'गाँस, बाँस र कपास' मानिसको सबभन्दा पहिलो आवश्यकता हो रे। चाहे जे सुकै परोस मानिसलाई पहिला खाना, बस्ने-सुत्ने ठाँउ अनी लगाउने पहिरन चाहिन्छ। आफ्नो सुरक्षा, माया, यौन, आत्मासम्मान, बडप्पन र अन्य कुराहरु पछी मात्र आउछन। यसबाट पनि मलाई यस्तो लाग्यो कि हामी सबभन्दा बढी त आफुलाई पो माया गर्दो रहेछौ त। Charles Daarwin को "बाँच्नको लागि संघर्ष (struggle for existence )" ले पनि त्यही कुरा देखाउँछ। ठिकै छ नि त, यसमा नराम्रो नै के छ त? आफुलाई पनि माया गरौ। अरुलाई माया गर्‍यो भन्दैमा आफुलाई माया गर्न किन छोड्ने? आफुलाई पनि माया गरौ र अरु सबैलाई पनि माया बाड्न सकौ भन्ने जस्तो मलाई लाग्छ। आज अली बढी नै आदर्श छाडे कि क्या हो मैले?

Read Full Discussion Thread for this article