Posted by: dd_sh January 5, 2009
२०६६ साल ११ महिनाको मात्र
Login in to Rate this Post:     0       ?        




lau barbad aba mero bday ta dui barsa pachi matra aauncha jasto cha..........:(


http://72.167.53.34/kolnepalinews.php?&nid=173897

-------------------------------------------------------------------

२०६६ साल ११ महिनाको मात्र





मैना धिताल


काठमाडौं,
पुस २१ - यो चैतमा तपाईंको जन्म दिन छ भने धुमधामसँग मनाउने तयारी गर्नुस्
। अर्को वर्ष तपाइर्ंले यो अवसर पाउनु हुने छैन । किनभने आउँदो वर्षको
क्यालेन्डरमा चैत महिना हुने छैन । अर्थात् २०६६ सालमा ११ महिना मात्रै
हुनेछ ।

हामीले
मनाउने चाडपर्व र अन्य सांस्कृतिक गतिविधि पनि एक महिनाअघि सर्नेछन् ।
यसैलाई ऋतुसँग तालमेल मिलाउन मन्त्रिपरिषद्ले क्यालेन्डर परिवर्तन गर्न
स्वीकृति दिएको छ ।

पर्व
सुधार राष्ट्रिय कार्यदलले गत वर्ष बुझाएको प्रतिवेदन अनुसार २०६६ साल ११
महिनाको मात्र हुनेछ र फागुनपछि वैशाख सुरु हुनेछ । 'सुरुको एक वर्ष
परिवर्तन गरेपछि अरू वर्ष स्वतः मिल्ने भएकाले परिवर्तन गरिराख्न पर्दैन,'
प्रतिवेदन कार्यान्वयन समितिका सदस्यसचिव हरिनारायण मल्लले भने । मितिका
हिसाबले चैत नभए पनि तिथिको आधारमा जन्म दिन निश्चित गर्न सकिने मल्लको
सल्लाह छ ।

गत
वर्ष कार्यदलले प्रतिवेदन तत्कालीन संस्कृति तथा पर्यटनमन्त्रीलाई बुझाएको
थियो । कार्यदललाई कार्यान्वयनको जिम्मा पनि मन्त्रीले दिएका थिए ।
कार्यान्वयन समितिअन्तर्गत ज्योतिष, धार्मिक, वैदेशिक समन्वय र वैज्ञानिक
उपसमिति गठन भएको उनले बताए ।

संस्कृति
तथा पुनर्संरचना मन्त्रालयका प्रवक्ता जलकृष्ण श्रेष्ठले मन्त्रिपरिषद्ले
यसको कार्यान्वयन गर्न बुधबार सैद्धान्तिक स्वीकृति दिएको जानकारी दिए ।
उनका अनुसार पञ्चाङ्ग निणर्ायक समिति र सरोकारवालासँग परामर्शपछि
मन्त्रालयले यसलाई कार्यान्वयनमा ल्याउनेछ ।

'जनतामा भ्रम हटाउन र कार्यान्वयन गर्दा कठिनाइ नआओस् भनेर जनचेतनामूलक कार्यक्रम गर्दैछौं,' श्रेष्ठले भने ।

त्यसका
लागि मन्त्रालयले चालू वर्ष ५ लाख रुपैयाँ बजेट छुट्टयाएको छ । यसबारे
भारतलाई समेत खबर गरिने उनले जनाए । आवश्यक तयारीका लागि गृह मन्त्रालयलाई
पनि पत्राचार गर्ने उनले जानकारी दिए ।

  
'निर्धारित समयभन्दा हामी एक महिना पछि परिसकेका छौं,' मल्लले भने,
'समयअनुसार काम गर्न नसकेकाले राजनीतिक, आर्थिकलगायत सबै क्षेत्रमा सफलता
पाउन सकेका छैनौं ।'

कार्यदलका अनुसार १ हजार ६ सय ५६ वर्षयता क्यालेन्डरमा परिवर्तन नभएकाले समायोजन गर्न एकैचोटि एक महिना सार्नुपरेको

हो
। मल्लका अनुसार २ हजार १ सय ५० वर्षमा ऋतु एक महिना वर सर्छ । तर हामीले
पुरानै मितिअनुसार पर्व मनाइरहेका छौं । हाम्रा पर्व ऋतुमा आधारित छन् । 

'नेपालमा
पुस र मंसिर पूणिर्मा गरी दुईवटा उत्तरायण भयो,' मल्लले भने, 'एउटै देशमा
दुइटा उत्तरायण मान्नु भएन, ज्योतिष हिसाबले मंसिर पूणिर्मा ठीक देखियो,
त्यसलाई मिलाउन क्यालेन्डर परिवर्तन गर्न लागिएको हो । ज्योतिष भाषामा
सूर्य उत्तर लाग्नुलाई उत्तरायण र दक्षिण लाग्नुलाई दक्षिणायण भनिन्छ ।
त्यसैअनुसार हाम्रा पर्वका मिति तय हुने गर्छन् । नेवार समुदायले मनाउने
योमरी पूणिर्मा र राईहरूको उधौली पूणिर्मा भने ठीक समयमा मनाउने गरिएको
उनको भनाइ छ । 'तीन-चार सय वर्षअघिदेखि उपत्यकामा योमरी पूणिर्मा एक
महिनाअघि सारेर मनाउन थालिएको हो,' उनले भने । योमरी मंसिर पूणिर्माको दिन
मन्ााइन्छ ।

पञ्चाङ्ग सुधारको निर्णय धार्मिक आधारमा मात्र नभई वैज्ञानिक रूपमा पनि उचित रहेको कार्यदलको दाबी छ ।

Read Full Discussion Thread for this article