Posted by: hit.the.hot January 5, 2009
आखिर पशुपतिनाथ मन्दिरमा यत्रो राजनीति किन ?
Login in to Rate this Post:     0       ?        

आखिर पशुपतिनाथ मन्दिरमा यत्रो राजनीति किन ?


किन नेपालीहरुले नेपाली पूजारीलाई समर्थन नगर्ने ?


नेपालको मन्दिरमा पूजा गर्न पाउने अधिकार सर्वप्रथम नेपाली पूजारीलाई जान्छ।


नेपाली भएर आफ्नै भुमीमा रहेको मन्दिरमा आँफैले पूजा गर्न नपाउनुलाई नेपाली नागरिकको असक्छ्यमता भनेर बुझिन्छ।


के हामी नेपाली यती असक्छ्यम र अपवित्र छौ त?


र हामीले हाम्रै मन्दिरमा पूजा गर्ने पूजारी नियुक्ती गर्न बिदेशी देशको शरण लिन पर्ने?


नेपालमा पूजारी नै सबै सखाप भए भने मात्र अरु देशको पूजारीलाई यहाँ बोलाएर पूजा गराउनु उचित हुनेछ।


 


अनि, बिदेशी देशको दबाबमा सधैं आफ्नो अधिकार खोसियो भनेर आँफै भित्र पिल्सिएर सधैं भरी मरिरहने!


के यही हो त नेपाली जीवन ?


यहाँहरुको प्रतिकृयाको खाचो छ!


सबै देशबादी नेपाली मिलेर एउटा मुभमेन्ट गर्न पर्छ अब, हाम्रो देशलाई बिदेशी शक्तीबाट परास्त हुन दिन कदापी हुँदैन।
 
जय नेपाल!!!


जननी जन्मभुमीस्च स्वर्गदपी गरियसी!!!


From: LA, USA

Last edited: 06-Jan-09 03:09 AM
Read Full Discussion Thread for this article