Posted by: cheli January 5, 2009
हारेको मान्छेको व्यथा
Login in to Rate this Post:     0       ?        
चाह छैन मनको केही, मैले मन मारिसकें

मुस्कानलाई आफ्नै मुहारबाट पर सारिसकें

आउन सक्ने खुशीलाई नि अब मैले टारिसकें

यस्तो लाग्छ आफ्नो जीवनसँग आफैं हारिसकें



अँध्यारो छ जताततै, उज्यालोको नाम छैन

लाग्छ पुरै संसारमा मेरो केही काम छैन

आशा, उत्साह छैन केही मन उहिले मारिसकें

यस्तो लाग्छ आफ्नो जीवनसँग आफैं हारिसकें



बाँच्न मन छैन तर कायरता हो मर्नु पनि

कति सहुँ पल पल आफ्नै नजरबाट झर्नु पनि

आँखा अब सुख्खा भए आँशु सबै झारिसकें

साँच्चै अब आफ्नो जीवनसँग आफैं हारिसकें ।।

              साँच्चै अब आफ्नो जीवनसँग आफैं हारिसकें ।।


Read Full Discussion Thread for this article