Posted by: FrozenDream January 5, 2009
Love lost....जब तिमी मेरो रहेनौ
Login in to Rate this Post:     0       ?        

Sun_Shine ज्यू, कसैले कसैलाई आफु भन्दा बढी माया गर्छु भनेर पनि गर्न सक्तैन। यो नै संसारको नियम हो। यसरी नै संसार चलेको छ। आफ्नो प्रेमी वा प्रेमिका, सन्तान, आमा-बुबा आदिलाई हामी एकदम माया गर्छौ तर आफु भन्दा बढी होइन। हुन त माया नाप्ने पो कसरी? तर हामी सब भन्दा बढी आफुलाई माया गर्छौ, नपत्याए तपाईं आफुलाई नै हेर्नुहोस्। माने कि तपाईंले उसलाई अती नै माया गर्नुहुँदो रहेछ, माने कि तपाईंको माया चोखो थियो, तर यो सब तपाईंले उसलाई अथवा उसको माया प्रप्तिको लागि गर्नु भएको हो। किनभने तपाईंले आफुलाई बढी माया गर्नुहुन्छ। तपाइले जानाजानी यसो गर्नुभएको हो भनेर यो दोश तपाईंलाई दिन खोजेको होइन, सबै प्राणीहरु यस्तै हुन। त्यसैले त बिछोड हुँदाँ  तपाईंलाई त्यती धेरै पिडा भयो नि।


हामी कसैलाई माया गर्छौ किनभने हामीलाई उसको साथ मनपर्छ। हामीलाई उसको आवश्यकता हुन्छ। हामी माया गर्छौ र माया चाहन्छौ पनि। हाम्रो मायामा धेरै थोरै जती भए पनि स्वार्थपन छ, स्वार्थपन अर्थात आफुलाई बढी माया गर्नु। अर्को कुरा, हामीलाई कत्तिको दुख्छ भन्ने कुरा हाम्रो आफ्नै चेतनशिलता (sensitivity) मा भर पर्ने कुरा हो। कसैले हामीलाई त्यती धेरै चित्त दुखाउन खोजेकै हुँदैन, तर हाम्रो चित्त दुख्छ। धेरैको बिछोड भएको हुन्छ, तर तपाईंलाई जत्ती पिडा कमैलाई हुन्छ। अब भन्नुहोस् आफु ज्यादा चेतनशिल भएर पाएको दु:खमा अरुको मात्र के दोश? अब यो दुर्घटनाबाट पाठ सिकेर भविश्यमा आफ्नो चेतनशिलतालाई जित्ने अभ्यास गर्दै, यस्ता दुर्घटनाहरु अब हुन नदिने हो कि? मेरो अनुमानमा उसलाई अहिले नरमाइलो लागि रहेको होला तपाईं दुखी भएको देखेर, र तपाईं छिटो ठीक होस् भनेर कामना गर्दै होला। "मलाई यही दु:ख प्यारो छ" भन्ने महान बिचार तपाईंको मनमा आउन पनि सक्छ।  हुन त यसरी धेरै दु:ख परेको बेलामा मान्छेको आत्मा शुध्धिकरण हुन्छ र केही न केही ठुलो ज्ञान उपलब्ध हुन्छ। त्यसैले बालक्रिष्ण समले भनेका होलान, "दुखमा मात्र तेरो बास हुने भए हे इश्वर! दया राखी मलाई अझ दु:ख दे।"                          


कोही महात्माहरु यस्ता पनि हुन्छन रे, जसले मायामा कुनै आशा राखेका हुँदैनन रे, निस्वार्थ माया गर्छन् रे त्यसको बदलामा आफुलाई  माया गर्नै पर्छ भन्ने आशा गर्दैनन रे, अरुसँग गए पनि उसको खुशी नै मेरो खुशी भनेर सन्तुष्ट हुन्छन रे। त्यसो हुन सके त अत्ती नै राम्रो भयो। धेरै पहिला एउटा समाचार पढेको थिएँ, एउटा कुनै ग्रामीण भेगमा एउटी असिक्षित महिलाको श्रीमानले कान्छी श्रीमती ल्याएछन। श्रीमानको काम पनि केही थिएन रे। ति महिलाले आफुले काम गरेर जम्मा पारेको सबै पैसा श्रीमानलाई दिएर उनलाई र उनको कान्छी श्रीमतीलाई घुम्न ( अथवा भनौ honeymoon मनाउन) पठाइन रे। म ति महिलालाई महात्माको श्रेणीमा राख्छु।


आशा गर्छु कि समयसङ्गै तपाईंको घाऊ बिस्तारै निको हुँदै छ होला। 

Read Full Discussion Thread for this article