Posted by: Nepe January 2, 2009
Himal Media Journalists attacked
Login in to Rate this Post:     0       ?        

A---> B ---> C ---> (B)---> D

 

यसरी श्रृङ्खलागत रुपमा कारणको पनि कारण सम्म खोतल्ने हो भने, नेपालको दूर्गति माओवादीको कारणले भन्दा पनि माओवादीका विकल्पको inferior अवस्थाको कारण र ती विकल्पलाई त्यस्तो inferior अवस्थाबाट माथि उठ्न मद्धत नगर्ने वा गर्न नसक्ने सहायक बुद्धिजीवीवर्गको कारणले हो ।

 

नेपेले त माओवादीका विकल्पहरुलाई लु है तिमीहरुले माओवादीलाई परास्त गर्नका निम्ति यसो यसो गर्नु पर्छ भनेर उहिले देखि (सन् २००१ देखि) भन्दै आएको हो ।

 

एकातिर आन्तरिक लोकतन्त्रको स्थापनादेखि लिएर केही न्यूनतम व्यवहारगत र व्यवस्थापकिय सुधार गरेर आफ्नो छवि सुधार्दै जनस्वीकार्य बन्दै जाने, अर्कातिर माओवादीले जेसुकै प्रयोजनको लागि भएपनि उठाएका प्रगतिशिल मुद्धाहरु (जस्तै: inclusion ) बेलैमा खोसेर लिने र मुलत: माओवादीसंग अरु नभएपनि नैतिक रुपमा पक्का हारिने मुद्धा (राजतन्त्रलाई जोगाउने) बोकेर नहिड्ने सल्लाह नेपेले लागातार दिदै आएको हो । नेपाली कांग्रेस, एमाले र तीनका सल्लाहाकार बुद्धीजीवीले नेपेको कुरा सुनेको भए र त्यसै अनुसार गर्ने बुद्धि र आँट देखाएका भए यतिबेला नेपाल भिन्दै आत्मविश्वास र प्रगतिको बाटोमा हिडिरहेको हुन्थ्यो ।

 

आज समय धेरै घड्किसकेको भएता पनि, अझ पनि नेपालको विश्वसनिय भविष्य भनेको माओवादीका विकल्पहरुको आफुलाई जिर्णोद्धार र बौद्धिक, नैतिक र भौतिक सबलिकरण गरी नेपाली जनताको सामु माओवादी भन्दा superior विकल्पको रुपमा प्रस्तुत गर्ने क्षमतामा भर पर्छ ।

 

नेपाल माओवादीको हातमा रहनु भनेको चाही अविश्वसनिय भविष्यको साथ हिंड्नु हो ।

 

तापनि अहिलेलाई त्यसको विकल्प देखिदैन (माओवादीका विकल्पहरु हाललाई र केही निकट भविष्य समेतको लागि inferior नै रहने देखिन्छ) । त्यसैले, अहिलेको विकल्प भनेको माओवादीलाई अलिकति झापट दिएर (एउटा विशाल जनप्रदर्शन त्यस्तो झापट हुनसक्छ) ठीक ठाममा ल्याउने प्रयास गर्नु हो ।

 

नेपेको यो विचारको विकल्पमा कसैले केही राख्‍न सकेका छैनन्, चाहे एकवाक्यी गालीशिरोमणीहरु हुन् वा विचारक पोस्टरहरु ।

 

कुरा छोट्याउँ । मलाई के लगभग विश्वास छ भने माओवादीको अपशासनको विरोधमा एउटा विशाल जनप्रदर्शन वा आन्दोलन वा वैधानिक परिवर्तन हुने दिन ढिलोचाडो आउँदैछ ।

 

त्यसलाई एउटा सकारात्मक परिणतिमा पुर्‍याउन माओवादीका विकल्पहरुले आफु एक जनस्वीकार्य विकल्पको रुपमा उपस्थित हुनुपर्छ जसको बौद्धिक, नैतिक र भौतिक तयारी अहिलेबाटै हुनुपर्छ । र त्यस्तो तयारीको बारेमा माथि केही चर्चा गरेको छु ।

 

परन्तु, माओवादीका विकल्प हुनसक्ने दल, नेपाली काग्रेस र एमाले, को जिर्णोद्धार र सबलीकरणको बारेमा फाट्टफुट्ट आवाज दलभित्रैबाट उठेपनि, बाँकी संसारमा यो आवाज छैन । नेपे मात्रै एक्लै फतफताईरहेको छ । यो कुरा चाही साँचै हो ।

 

सत्यद्रष्टा सबैलाई अभिवादन सहित,

 

Nepe

Read Full Discussion Thread for this article