Posted by: rohitgrg January 1, 2009
Love lost....जब तिमी मेरो रहेनौ
Login in to Rate this Post:     0       ?        
Hey Sun_shine,
There is a saying in Nepali अचानोको पीर खुकुरीले जान्दैन। But everybody feels for you because you are such an incredible soul. I wish you get someone who is as good as you are. You deserve a better person than the one who left you alone.

I have no words to advise you but I have read a book called अन्तर्मनको यात्रा recently. The writer is a very experienced Nepali philanthropist and he wrote this book after he knew he had bone cancer and was going to die in a couple of years. Following is an excerpt from the Madan Purashkar awarded book by Jagadish Ghimire:

...प्रेमी वा नवदम्पतिबीच प्रगाढ 'प्रेम' हुन्छ र आफू र आफ्नो 'प्रेम' बाहेक संसारमा अरु केही, कोही देख्दैनन्। एक‌‌अर्काका लागि नै मर्ने-बाँच्ने र जून-तारा समेत झार्ने वाचा गर्ने बेला पनि त्यही हुन्छ। त्यसको रङ्ग बिस्तारै सन्तान वा समयले अर्थात जीवनयापनको कठोर यथार्थले खुइलिंदै जान्छ।

जुन खुइलिन्छ त्यो प्रेम हुँदैन। त्यो उर्जा हो जसलाई भाववश प्रेम भनिन्छ। त्यो उर्जा परिस्थिति अनुसार बढ्छ। घट्छ। उर्जा खुइलिएका दम्पतिहरु थकितगलित प्रेमीका अवशेषमात्र हुन्छन्। सफल दाम्पत्यका लागि जीवनभरि उनै व्यक्तिबीच बारम्बार 'प्रेम' परिरहने उर्जा सदैव कायम रहनुपर्छ। प्रारम्भिक उर्जाको दशमांश मात्रै आजीवन कायम रह्यो भने पनि त्यो दाम्पत्य सधैं सुखमय हुन्छ।

संसारमा कुनै पनि सम्बन्धको आधार प्रेम होइन। आकर्षण हो। विकर्षण हो। माया हो। दया हो। घृणा हो। चाहना हो। वासना हो। यौन हो। तर जुन युवा युवती  वा कसैबीच प्रेम भनिन्छ, त्यो हुँदैन। संसारको कुनै पनि सम्बन्धको दीगो र टिक्ने आधार कि स्वार्थ हो कि दायित्व।

दाम्पत्य र पारिवारिक सम्बन्धको आधार त प्रेम हुँदै होइन - दायित्व र मर्यादा हो। दायित्व र मर्यादा ती सम्पदा हुन् जुन समय र परिस्थितिले गर्दा घोटिंदै, खिइँदै जान्छन्। तिनको स्वाभाविक ह्रासकट्टी स्वीकार गर्नुपर्छ।...

Unqote.

Like Forrest Gump says, Life is like a box of chocolates. You never know what you're going to get. Happy new year to you and all the sajhaites.


Read Full Discussion Thread for this article