Posted by: sun_shine December 31, 2008
Love lost....जब तिमी मेरो रहेनौ
Login in to Rate this Post:     0       ?        

ऐ मेरो मन, म सोध्दीन तलाई कस्तो छ भनेर,
अनि म भन्दिन पनि तलाई निको हुन्छ भनेर,
किनकी, सायद म तेरो पिँडाको गहिराईलाइ नाप्न सक्तिन,
सायद तेरो मायाको जंघारलाइ नाघ्न सक्तिन।  
तर तेरो पिँडाले मलाई पनि दुखाऊछ,
तेरो आँसुले मलाई पनि रुझाउछ, तेसैले बिन्ती छ उसलाई बिर्सी दे ।

 
उसलाई अब तेरो चोटहरुले पिरोल्दैन
उसलाई अब तेरो घाऊहरुले चर्याऊदैन
तेरो सफलताले उसमा हर्ष ल्याऊदैन
तेरो असफलतामा ऊ रिसाऊदैन, तेसैले उसलाई बिर्सी दे ।


अब उसले तेरो लागी गीतहरु गाउन्दैन
तं संग भाबी योजनाहरु पनि बनाउदैन
तेरो शीर मुनि उसको हाथको सिरानी हुँदैन
तेरो पीरलाइ उसले अब बाँडेर लिँदैन, तेसैले उसलाई बिर्सी दे ।


तेरो स्वर सुन्न नपाउँदा, उसलाई उकुस-मुकुस हुँदैन
तलाई दिनभरीका गन्थन सुनाऊंन नपाऊदा, उसको मन रुन्दैन
तं संग ठट्टा गर्न नपाऊदा, उसलाई उराठ लाग्दैन
तंलाइ कहिल्यै देख्न नपाऊदा पनि उसलाई तृष्णा जाग्दैन, तेसैले उसलाई बिर्सी दे ।


तेरा बाध्यता हरुले उसलाई बिवस बनाऊदैन
तेरो अनुपस्थितिले उसलाई नीरस बनाऊदैन
अब उसले कहिल्यै तैले भनेको मान्दैन
तैले जसरी, तलाई उसले आफ्नो सर्बस्व ठान्दैन, तेसैले उसलाई बिर्सी दे ।


तेरो जन्म दिनमा फूलको गुच्छापनि पठाऊदैन
पढ्दा-पढ्दै त निदाऊदा, अब उसले उठाऊदैन
तेरो लागी साड़ी, वाई-वाई र तितौरा पनि ल्याऊदैन
हो, ऊ अब फर्केर आंऊदैन, तेसैले उसलाई बिर्सी दे ।


उसका लागी एस्ता छ्ण, कति आए, कति गए
तैले जति बाटो हेरे पनि, जति देउता भाके पनि,
जति माया गरे पनि, जति आंसू झारे पनि,
उसको मनमा तेरो लागी ठाँउ छैन, तेसैले उसलाई बिर्सी दे ।


मानी दे की, ऊ अब अर्कैको अंगालोमा हराईसक्यो
उसले अब अर्कैलाइ अपनाई सक्यो
अर्कैको आँखामा ऊ रमाईसक्यो
तेरो संसार भत्कायेर, अर्कैको सपना सजाई सक्यो, तेसैले उसलाई बिर्सी दे ।


तेरो अनुपस्थितिमा उसलाई जाडो हुँदैन
आजकल उसले अर्कैको न्यानो ताप्ने गरेको छ ।
उसलाई तेरो सुझाब-सलाह को खांचो छैन
उसले आफ्नो निर्णय अरु नै संग गर्ने गरेको छ, तेसैले उसलाई बिर्सी दे ।

 
तैले जसरी उसलाई बुझेको थीईस, उसले तेसरी रहेनछ
तेरो जीवनमा उसको जे महत्वों थियो, उसकोमा तेरो रहेनछ ।
कति दीईस, दिएर रित्तिसकिस 
कति गरीस, गरेर सकीसकिस
कति रोईस, रोएर आत्तीसकिस
अब उसको पारिलो जीवनमा आंसूको बाढी नबगाइदे
उसको खुशीको संसारमा, भावनाको तगारो नबनाईदे
तेरो लागी नसही, फेरी एक चोटी, अब उसको खुशीको लागी उसलाई बिर्सी दे,
उसैको लागी, बिन्ती छ , ऊ निस्ठुरीलाई बिर्सी दे.....            

Read Full Discussion Thread for this article