Posted by: BostonKtm December 26, 2008
'प्रधानमन्त्री देशद्रोही हुन्'
Login in to Rate this Post:     0       ?        

'प्रधानमन्त्री देशद्रोही हुन्'

कास

काठमाडौं, पुस १० - एमाले नेता केपी ओलीले विद्रोहीलाई साथ दिएर प्रधानमन्त्रीले 'देशद्रोह' गरेको आरोप लगाएका छन् ।

'प्रधानमन्त्री भएर विद्रोहीलाई साथ दिने राष्ट्रद्रोही र देशद्रोही हुन् कि होइनन् ?' ओलीले बिहीबार भने, 'प्रधानमन्त्री भएपछि उनले विद्रोहलाई प्रोत्साहन गर्ने काम निरन्तर गरिरहेका छन् ।'

बिहीबार बिहान माओवादी नेताहरूसँगको भेटवार्तामा उनले प्रधानमन्त्री सरकारका प्रमुखका रूपमा नभएर विद्रोही नेताको रूपमा प्रस्तुत भएको बताए ।

'सेनाले भर्ती गर्छ भने हामी पनि भर्ती गर्छौर्ं भन्ने जवाफ प्रधानमन्त्री दिन्छन्,' ओलीले बैठकको वार्ताबारे भने, 'सरकारबाहेक कसैले पनि सेना र हतियार राख्न पाउँदैन तर प्रधानमन्त्री उल्टै छापामार भर्ना गर्ने कुरा गर्छन् ।' प्रधानमन्त्री स्वयंले सेना राख्ने कुरा गर्दा त्यो अन्यत्र र अन्य समूहमा समेत फैलने र त्यसले देशलाई विद्रोहतर्फ लैजाने उनको दाबी छ । 'मुलुकलाई थप भयावह हुन नदिन एमाले सरकारमा गएको हो,' उनले भने, 'को-कोसँग हतियार छन्, सबैलाई निःशस्त्र पानर्ुपर्छ र विद्रोह उत्साहित गर्ने काम रोक्नुपर्छ ।' शान्ति सुरक्षा कायम गर्न नसके सरकार छोड्नुको विकल्प नहुने पनि उनले बताए । उनले भने 'कि शान्तिसुरक्षा कायम गर, कि सरकार छोड ।'

प्रेसमाथि योजनाबद्ध आक्रमण भइरहेको बेला एमाले नेता ओलीले आफू माओवादीबाट सबैभन्दा असुरक्षित रहेको बताएका छन् ।

'म जति असुरक्षित कसैले अनुभव गर्दैन' ओलीले भने, 'माओवादीले कुनै समय मलाई मारे भने पनि अनौठो होइन ।' बिहीबारको वार्तामा आफूले प्रधानमन्त्रीलगायतसँग संविधानसभा निर्वाचनक्रममा भएको हमलाबारे बताएको जनाए । 'मलाई बाटो छेकेर मार्ने प्रयास गनर्ुभयो भन्ने कुरा राखेँ । तर बयानमा भने माथिदेखि तलसम्म ओलीको गाडीले यस्तो गर्‍यो भनेर प्रचार गनर्ुभयो भने ।' निर्वाचनका बेला माओवादी कार्यकर्ताले ओलीमाथि आक्रमण गरेका थिए ।

Read Full Discussion Thread for this article