Posted by: sajhabusaima December 25, 2008
Gagan thapa bhasarn -- daroooo cha
Login in to Rate this Post:     0       ?        
आज हामि नेपलि पछाडि पर्नुको कारण कहिले पनि आम मानिसहरु ले वा नेपालि जनता ले माथि पुग्न नसकेर हो र एउटा फेयर सिस्टम को अवधारणा नभएर हो । सधै अरुले राम्रो गर्न लाग्यो भने खुट्टा तान्ने अनि एक आर्का लाइ लडाउने। गिरिजा प्रसाद र प्रचण्डजि जस्ता नेता इन्डियन को स्वार्थको लागि तयार हुन्छन तर नेपालिका लागि हुन्नन किनकि उ माओबादि वा काग्रेस को मानिस रे ? त्यो नभए यो बाहुन, यो नेवार, वा गुरुङ, वा चौधरि रे , किन हामि पाहिला नेपालि हौ भनेर नेपाल वा नेपालि का हितमा काम गर्न सक्दैनन ।

माथि राजु जि ले भनेको कुरा शिक्षामा लगानि को कुरा मा म सहमत छु, हामि ले अत्याधिक लगानि गर्नु पर्छ देश बिकास को लागि ।  तर  के स्कुल मा ट्याक्स लगायर अनि स्कुले बच्चाहरुलाइ आफ्नो पार्टिको झण्डा टाउको मा बाँध्न लगाएर यो सम्भव छ र  के अहिले को सरकारि पारा अनि माओबादि को शिक्षा निति ले शिक्षा लाइ कत्तिको महत्व दिएको छ त ? राजु जि नेताहरु नै हुन  जसले परिबर्तन का लागि लिड गर्छन  हुनसक्च उनिहरु ले भौतिक रुपमा पुरा गर्न सकुन वा नसकुन तर उनिहरु बाट शिक्षा पाउने ले त्यो पुरा गर्ने छ । कतिकुरा गगन थापा ले बोलेका ठुला कुरा हुनसक्छन तर असंम्भव भने छैनन्  र प्राय बास्तविक घटना हुन । हुनसक्छ तपाइहरु लाइ फरक लाग्छ कि लाग्दैन तर  शेरबाहादुर वा झलनाथ वा ऊपेन्द्र यादब ले भन्दा देशको लागि केहि सोच्ने छन गगन जि ले मेरो विचारमा। मलाइ देशमा भएका अरु १० नेता देखाउनुस जसले यत्ति को तर्क सम्वत कुरा गर्न सक्छ वा युवा पुस्ता को नेता बन्न सकेको छ । अमेरिका मा बस्ने प्रजातन्त्रको कुरा गर्ने नेपाल पुग्नासाथ उल्टो काम गर्ने प्रचण्ड जि, उडि छुनु  चन्द्र भन्ने बजेटमा, वाइ सि यल, वा आफ्ना कार्यक्रता लगाएर देशका उधोग धन्दा मास्ने वा  युध्द मा नमारिएका मानिस को पनि उपनाम मा मर्यो वा अनुहार को कलरमा मारिएको भनेर सहिद घोषणा गर्दै लगभग ८ अर्ब दिने घोषणा गर्ने , किन यसको सट्टा उनिहरु को नाम मा स्कुल लाइब्रेरि बा शिक्षा रिलेटेट काम गर्न सक्दैन्न । यदि त्यस्तो हुने हो भने मानिस शिक्षित मात्र हुनेछैनन शहिद को महत्व पनि बढने छ नत्र महिन मा १० जनालाइ शहिद घोषणा गर्ने र दसलाग दिदै जाने हो भने देशको ढुकुटि सकाउने  भन्दा अरु केहि हुनेछैन नत मानिस ले सच्चा सहिद को महत्ब नै बुझ्नेछन्।

साथि हो  देश अस्थ ब्यस्थ भैसकेको छ, माओबादि ले स्कुल कलकारखाना देखि लिएर कुनै पनि  अफिस लाइ चोखो राखेको छैन । हामि ले बिश्वास गरेको माओबादि र साँचो माओबादि मा फरक छ जुन कुरा किरण ले प्रचण्ड लाइ दिएको च्यालेन्ज ले पनि देखाउछ। प्रचण्ड ले १० पटक भने होलान सम्पति फिर्ता का कुरा तर सफल भएनन गरेर देखाउन, बाबुराम जि १० हजार मेगावाट को कुरा गर्नुहुन्छ तर नेपालि लाइ १३ घण्टा अध्यारो मा राख्नु हुन्छ , वैध जि हिमाल मिडिया मा भएको जघ्नय अपराध को खुलेर वचाउ गर्छन वा पार्टिले कव्जा गरेको घर जग्गा सरकार ले पैसा दिनु पर्छ पिडित पक्ष लाइ भन्नछन, कतै देखिन्छ  परिबर्तन का किरण ।


Read Full Discussion Thread for this article