Posted by: MR_TRUTH December 25, 2008
Himal Media Journalists attacked
Login in to Rate this Post:     1       ?         Liked by
हा हा , याहा नेपेगुरुको खेदो अनि उहाँको गजल प्रतियूत्तरको बाध्यता देख्दा खल्लो लाग्यो । काहाँ गए ति  "एभिडेन्स बाइ प्रोक्सी" तर्कहरु अनि ति चिटिक्क परेका तंथ्याक्कका चार्ट टेबलहरु ? जेहोस नेपेको बौध्दिकता चानचुने या कमसल चाँही होइन यो कुरा पटक पटकको साझा लेखनले जनाउछ । जाहाँ सम्म उहाँ माओबादी माथिको अन्ध भरको प्रश्न छ, मेरो बिचारमा उहाँको देशलाइ गणतन्त्र बनाउनुको पैंचो तिर्नु मात्रै थियो किनकि उहाँ कट्टर गणतन्त्रबादी हुनुहुन्छ र त्यसका लागी कहिलेकाँही  "ड्राइभबाइ तर्क" गर्न पछि पर्नु भएन । उहाँ जस्तो डेमोक्रेसीमा अग्रधर र त्यसका बिंडा थामेर बसेकालाइ थाह हुनुपर्ने हो कि माओबादीको शुरुवाती रणनिति नै त्रुटिपूर्ण थियो र म जस्तै बांकि नेपाली जनताको आश गरम भर नपरमको चुनावी नतिजा कमसेकम अन्धबिश्वास त थिएन । राजतन्त्र या गणतन्त्रको बिषयमा मलाइ खासै मतलब  छैन तर एउटा कुरा सत्य हो कि देशको अस्तित्व गहन बिषय हो र यसलाइ प्रयोगत्मातकको दृष्टिले कदापि हेर्नु मिल्दैन त्यसैले गणतन्त्रबादीहरुको आजै तातै भन्ने जुवाडे प्रवित्ति माथि दिक्क लाग्थ्यो र बारम्बार प्यालेष्टिनी सँघर्षको बेदनाले मन पोल्थो । बस्तुत हामी त्यतैतिर अझै पनि उन्मुख छौं बांकि राम जानुन । नेपेलाइ बारम्बार नेपाली जनताको आवाज साहस माथि त बिश्वास छ तर त्यही बिरुद्द आवाज माओबादीतन्त्रका लागि भबिष्यमा सजिलो तर राजतन्त्रका गार्हो हुन्छ ? अचम्म लाग्दो सोचाइ हो र रहिरहन्छ।

बाँकि माथि पंतिकार पिरेलाइ,  patriotism does motherland good, no matter whether it is in false pretense or genuine thru heart.
मेरो एउटै प्रश्न, यदि पूर्ब पश्चिम राजमार्ग नबनेको भए प्रचण्डले  आज १९५० सन्धिको खारेजी कुर्लन सक्थे होलान?
जस दिने ठाँउमा त कमसेकम धक मानेर दिऔ !!! किन  कन्जुसी?
Read Full Discussion Thread for this article