Posted by: BostonKtm December 23, 2008
चोरको साटो छोरालाइ गोली
Login in to Rate this Post:     0       ?        

चोरको साटो छोरालाइ गोली

एक अष्ट्रियाली व्यक्तिले चोर भन्दै आफ्नै छोरालाइ गोली हान्न पुगेका छन् ।

खबर अनुसार, पिताजी थोमस ग्रोएर सुतेर मध्यरातमा ब्युँझे । उनी पानी पिउनु पर्यो भन्ने हिसाबले बाहिर के निस्केका थिए त्यतिबेला कोही साल्जबर्गस्थित व्यस्त शहरको उनको घरमा झ्यालबाट छिरे ।

उनले मान्छेको छायाँ देखेपछि त्यसलाइ चूपचाप नहेरी पक्राउ गर्ने विचार गरे । तर पक्रन सकिएला त ? भन्ने प्रश्न पनि सँगै मनमनै उनलाइ आयो । त्यसपछि उनले आफूसँग भएको लाइसेन्स लिएको बन्दूक झिके र लागे चोर समात्ने अभियानमा ।

यत्तिकैमा उनका १९ वर्षे छोराले बाउको टाकटाकु टाकटुक आवाज सुने । तर उनलाइ यो बाउको आवाज नभइ कुनै चोरले उत्पन्न गरेको आवाज भनी ठाने । तब छोरा माइकल पनि चोर पनि खोज्न मध्यरातमा उठे ।

अब बाबुछोरा नै चोरको खोजीमा निस्किएपछि केही त हुनै पर्ने थियो । भयो पनि । त्यो के भयो भने चोरलाइ सुटुक्क पक्रने भनेर बाहिर निस्कने बित्तिकै उनका बाबुले उनलाइ चोर ठानेर गोली ठोकिदिए ।

तर मरेँ बाबा भनेर चिच्याउन थालेपछि भने उनका बाबु थोमसलाइ छोरो माइकलको आवाज चिन्न बेर लागेन । यति हुने बित्तिकै चोरले भाग्नु नै उचित सम्झ्यो । त्यस घटनायता उनको घरमा चोरी लागेको त छैन तर छोरालाइ सञ्चो हुन अझै केही साता लाग्ने अस्पतालले एनानोभा समाचारलाइ जनाएको छ ।

Read Full Discussion Thread for this article