Posted by: FrozenDream December 23, 2008
Love lost....जब तिमी मेरो रहेनौ
Login in to Rate this Post:     0       ?        

***सलाम! सुर्यमुखिको प्रेमलाई***  

शब्द सम्मोहन त यस्तो पो
जसले मुटु छेड्छ, आँखा रसाउँछ, 
वेदना त यस्तो पो
जसले दुङ्गाको मन पनि पगालीदिन्छ,
प्रेम त यस्तो पो
जसले सबै प्रेमका उदाहरण बिर्साइदिन्छ,
निश्चलता त यस्तो पो
जसको अगाडि सबै स्वार्थी लाग्छ 
समर्पण त यस्तो पो
जोसँग जितेको मान्छे पनि हारेर झुक्नेछ,
चाहना त यस्तो पो
जसले अब जो कोही पनि छुट्टीन डराउनेछ,
बिछोडमा यतीसम्म पिडा कि,
अब भगवान पनि कसैको बिछोडसँग तर्सिनेछ।

यो हदसम्म उसले पनि माया गरेको भए,
बिछोडमा उसलाई पनि यतीसम्म पिडा हुने भए,
चाहे प्रलय नै किन नहोस्,
यो बिछोड हुन पाउने थिएन। 

SunShine ज्यू, तपाईंको मनमा प्रेम ज्युदै भए पनि त्यो 'सम्बन्ध' दुर्घटनामा परेर मरिसक्यो। अब कहिल्यै फर्केर आउँदैन। जती आँसु बगाउनुथियो, बगाइ सक्नु भो, अब त्यो मरेको सम्बन्धलाई तिलान्जली दिएर किरिया गरिदिनुस्।

Read Full Discussion Thread for this article