Posted by: crazy_love December 22, 2008
शीर्षक जे पनि हुन सक्छ।
Login in to Rate this Post:     0       ?        

gogol

कहिलेकहि unexpected ending पनि हुँदो रहेछ है?
ला ! कथा त सकिसक्यो त।अर्को भाग कसरि लेख्नु?

अब केहि दिन पछि अर्को कथा लेख्छु नि है साथी।

Planet10,

हो भन्या कस्तो अनपेक्षित समाप्त भएछ। मलाइ पनि कस्तो कस्तो भयो।

nepalibabu101,

शुभकामनाको लागि धन्यबाद!

Ctal,
होइन, होइन। यो कथा सँजाय र बदलाको कथा होइन। यसमा मानिसले कसरी आफ्नो अनिक्षाहरुलाइ दबाँउछ र उपयुक्त समयमा ती बिक्रितीहरु कसरी बिनाशकारी भएर निस्किन्छन् भन्ने मात्र हो।
टेलिफिलिम त बनाउनु हुन्थ्यो, भात पकाउन नभ्याउने हो कि भन्ने पो चिन्ता।

ek@l,

As I said before, the story is not about revenge and punishment, it's about psychological problem to deal with own insecurity, fears and hatred feelings. Both saakshee and "u" are insecure in the story in terms of effective communication.

I will try to explain after responding this comment.

उहि धरान ज्यु,

साथीहरुको प्रतिक्रिया पढेपछि मलाइ पनि मैले कथा लेख्दा लेख्दै केहि संकेतहरु छुटाएको भान भयो। कथामा म यति डुब्न थाकेकी मलाइ अन्त्य पो सुन्दर लाग्न थाल्यो। शुरुमा कथा लोग्ने र पोइला गएकी स्वास्नीको जम्काभेटबाट शुरु भएकोले प्राय कथा केटा र केटीको सम्बन्ध मात्र जस्तो देखियो। मैले यहा मनोबिग्यान प्रयोग गर्न चाहेकी थिए। त्यसैले अन्त्य मनोबिग्यानको कुनै पाटोसङ मिल्ला जस्तो लागेको थ्यो, तर खोइ के भयो के भयो?

भबिस्यमा मैले यी कुराहरुलाइ ध्यान दिने नैं छु। बेला बेलामा "उहि धरान" भनेर झुल्किनु होला भन्ने आशाम।

 सुझाबको लागि धेरै धेरै धन्यबाद!

copycat,
धन्यबाद!
उता ब्लोगमा पनि राखिदिउकि क्या हो कथा एकै ठाँउमा तेसो भये।

Read Full Discussion Thread for this article