Posted by: ganapati December 22, 2008
लौन साक्षी बसिदिनु पर्‍यो!
Login in to Rate this Post:     0       ?        
                                                          श्री  
                                                                                                                   मिति: २०६५-०९-०७ रोज २
लिखितम श्री (नाम नखुलेको) को नाती, श्री जटाधारी बम्भोले शिवको छोरो, स्थायी ठेगाना कैलाश पर्बत, हिमालय भई हाल मुसामा सवार भाई समस्त संसार घुमी हिंड्ने उमेर नखुलेको म श्री गणपती आज यो घोषणा गर्दछु की भोली मिती २०६५-०९-०८ रोज ३ उप्रान्त जाँड, रक्सी एबम मदिरा जन्य पदार्थको सेवान, ओसर्पसर वा बेच-बिखन गर्दिन, गरेको पाइएमा पहिलो अवस्थामा रु १०,०००।- जरिवाना दोस्रो अवस्थामा रु १,००,०००।- जरिवाना र तेस्रो अवस्थामा सर्वस्व हरण सहित गणतान्त्रिक नेपालमा प्रबेश प्रतिबन्द सम्मको दण्ड-सजाय भोग्ने सर्तमा कुनै संघ-संस्था, ब्यक्ती, समुह वा गुटको बबाब, घम्की वा त्रास्ले नभई पूर्ण होश-हावाशमा रही स्वेछिक रुपमा निम्न बमोजीम सक्षिहरु समक्ष शाही-छाप गर्दछु।

लिखितम रोज सोमबार पौष ०७ गते वि.सं. २०६५ शुभम:।

दाँया छाप          बाँया छाप




ganapati
दस्तखत

साक्षी १: _____________________
साक्षी २: _____________________
साक्षी ३: _____________________
Read Full Discussion Thread for this article