Posted by: fucheketo December 21, 2008
मनोजले छोडेको कथा
Login in to Rate this Post:     0       ?        
   सुधा मेरो छाति माथि ढेसिइ रहँदा उसको ध्यान संसारभरिका अरु कुनै विषयहरुमाथि पनि थिएन होला ! होस् पनि कसरि ?त्रिप्तिको पहिलो प्रहार ध्यानमाथि हुन्छ । भरखरै अघाएको मान्छेलाइ खानाको के ध्यान ? तर म भने त्यहि चौतारिमा अड्किरहेको थिएँ जुन चौतारिमा सुधाले मलाई हिजो बेलुकि सहि र गलतको फैसला छुट्याउन छोडेकी थिइ ।त्यसपछि देखि त त्यो सम्पुर्ण रातभरि सुधा जति जति मेरो शरिरमाथि आधिपत्य जमाउँदै गई उति उति मेरो आत्मा सुदाको नैतिकतासँगको अन्तर्द्वन्दमा फस्दै गयो । यहाँ सम्मकि बिहान हुँदै जाँदा म सँग सन्तुष्ट भएर कहिल्यै नछुटु जस्तो गरी बेरेको उसको अंगालो र उसले मेरो छातिमा लागेको ढेसाइ सँग पनि म ईर्ष्या गरिरहेको छु ।
म माया चाहन्छु र उसको भौतिक सामिप्यता पनि तर त्यो भौतिकता मायाको एउटा गहिराहि पछि मात्र प्राप्त गरिनुपर्ने हो मेरो बिचारमा जुन मेरो दुर्भाग्य बनौँ मेरै सन्दर्भमा भइरहेको छैन ।किन उत्तर म सँग छैन !
धत यस्तो पनि हुन्छ काहिँ ?जुन सुधालाइ मेरो मन र मेरो शरिरले आफ्नो ठान्दै छ त्यहि सुधा सँग मेरो आत्मा र मेरो मष्तिष्क द्वन्द रत छ !
त्यसो भए मेरो लँडाइ को सँग त ?

मैले निष्कर्ष निकालेँ पक्कै पनि मेरो लँडाइ सुधा सँग भई रहेको छैन त्यसो भए ,यो लँडाई मेरो आफ्नो हो म आफैँ सँग को लँडाइ हो यस्मा जित पनि मेरै र हार पनि मेरै हुनेछ । यहाँ सम्म कि जितको खुशियालि मनाउने कि हार भएको भनेर निरस रातहरु बिताउने त्यो नतिजाको जिम्मा पनि मलाइ नै छ !

'के सोचिराखेको ?' सुदाले मेरो छातिलाइ आफ्ना लामा लामा अनि कमला औँलाले सुम्सुम्याउँदै भनी ।
"केहि हैन !'मैले आफ्नो अन्तर्द्वन्द सुधा सँग लुकाएँ ।
"मुड अफ छ नि !!! रातमा शारिरिक श्रम गरेपछि सबै केटाहरु यस्तै हुन्छन् कि तिमी मात्रै यस्तो हो ?" सुदा हाँस्न थालि !
'मलाइ के थाहा ?न मेले अहिले सम्म अरु कसैलाई सोधेको न तिमीले नै कसैलाइ सोधेकि छेउ होला !"मैले पनि आफु भित्रका कुण्ठाहरु लुकाउँदै उसलाई मुस्कुराउँदै जवाफ फर्काएँ ,कठोर जवाफ दिनलाइ त्यतिखेर मुस्कुराउनु जरुरि पनि थियो शायद !!!!!

   के उ यि सब कुरा सोधेर तिमिसँग मात्रै मेरो अहिले सम्मको सारिरिक सम्बन्ध भएको हो भनेर देखाउन चाहन्छे ? उ त्यसैको भोको भएर हिजोको रातमैले उ सँग गुजारेको छु ,अहिले उ ाफ्नो पवित्रता सिद्ध गर्न चाहन्छे ।
साँच्चै हो स्त्रि चरित्रको कुनै विश्वास हुँदैन ।मैले सुधालाइ चाँडो विश्वास गरेँ ।अब सुधा मेरो विश्वासको कसिमा खरि उत्रिन्छे कि उत्रिन्न मैले बुझ्नै पर्छ । यो मेले आफ्नो आँकाले हैन अरुको आँखाले हेर्नुपर्छ किनकि आफ्नो आँखा बाट त म सुधालाइ जहिल्यै निश्छल निश्कपट ने देख्नेछु । मैले सुदाको बारेमा केहि न केहि कसै न कसैलाइ बुझ्न लगाउने पर्छ ।हो मलाइ एकदम कम नै थाहा छ सुदाको बारेमा र अरु नै स्रोतबाट सुधाको बारेमा बुझ्नु मेरो गल्ति हुनेछैन !

फेरि मेरो मनको अर्को पाटो बोल्यो ,मेरो मन किन यस्तो सोचिरहन्च सुदाको बारेमा ?मलाइ त्यति नै खेर चिटचिट पसिना ाउन लागेको भान हुवदै थियो । मान्छे हरु यसरि नै पागल हुवदै जान्चन् होला ! मलाइ चिच्याउन मन लाग्यो सुधा प्लिज तिमि यस्तो हभिब्यक्ति नदेउ जसले मलाई तिमिलाई शंका गर्न बाद्य तुल्याओस् ।तर समयको माग वा मेरो बिवशता मेरो चिच्याहट कतै कुनै कुनामा गुम्सियो


"सुधा तिम्रो घर इँटहरिमा एक्ज्याक्ट कहाँ अरे ?"
"बिपि चोक मा हो ,किन ?'
"त्यत्तिकै !'
"कि माग्न ाउने बिचार गर्यौ ?कसैले उडाइदेला भन्ने डर पनि छैन ,अब त के को हतार तिमीलाइ ?'
"तिम्रो बारेमा त्यति पनि जान्ने हक छैन त मलाई ?'
"छ बाबा अब नरिसाउ न !' हुन त म धेरै झर्किएको थिइन तै पनि सुदा सम्हालिइ ।
"चोक मेँ हो ?"
'चोकबाट पश्चिम रातो चाईनिज इवटाको तेस्रो घर ! भित्र कुकुर पालेको छ ,चोरि जिस्काउन आउनेलाइ भनेर ड्याडिले !'
सुधा हाँस्न थाली !
म भने अब आशिषजीलाइ ठेगाना दिनुपर्ला सुधाको भनेर सोछ्न थालेँ । आखिर पाका मान्छे हुन् मलाई जे भन्छन् राम्रै नै भन्छन् । मनलाइ ढुक्क बनाएँ सान्त्वना दिएर !

सुधा बिस्तारि जुरुक्क उठि ब्ल्यांलेट हटाउँदै ! उ निर्बस्त्र थिइ तर  न आकर्षं न बिकर्षण पैदा भयो मेरो मनमाँ ! किन मेरो जीवन निरस हुवदैछ यति धेरै रंग एक्कै चोटि क्यान्भासमा पोखिदा पनि ?मेलले आफ्नो आँखा हटाएँ ,सुधा किचन तिर लागी !

"चिया कि कफि ?'किचन भित्रै बाट आवाज आयो ।
'कफि ने बनाउ न त !'मैले पनि उठ्दै धनकुटा तिर लाग्नर सुर बनाउँदै लुगा लगाउँदै जवाफ फर्काएँ
'कति हतार भएको इन्जिनियर साहबलाइ ्' सुदा हडेस लागेर मलाइ नै नियाल्दै रहिछ ।

परै बाट थहा भएन तर नजिकै आउँदा सुदाको आँखा रसिलो थियो । म सँग छुट्टिने पिरले होला ! हे भगवान मलाइ माफ गर यदि सुधालाई मैले मेरो सोचको कपटतार दरिद्रताले दोषि देखेको हुँ भने र मलाइ सहि गलत छुट्याउने शक्ति देउ यदि सुदा दोषि नै भए पनि उसको रुपको भ्रमले ढाकिरहेको छ भने!!!!!!!!!!!!!!!!!११
क्रमश;







Read Full Discussion Thread for this article