Posted by: ritthe December 19, 2008
~ * चौतारी-१३६ *~
Login in to Rate this Post:     0       ?        
एइ कबिता भन्नि हो ठुल्दाइ? ल बधाई छ
 
 
तिम्रो बसन्तमा सबै फूल फुल्नै पर्छ भन्ने के छ र?
नफुलेकोमा भंवरा झुल्ने भूल गर्नै पर्छ भन्ने के छ र?

वारि न फर्कने कसम खाई पारि गयौ, तिम्रो खुशी
तिमी ले सराप्दैमा यो पूल ढल्नै पर्छ भन्ने के छ र?

उमेरमा रुप यौबनको गर्नु घमण्ड गर्यौ र के पायौ,
चाल चलन छोडी तिम्रो कूल चल्नै पर्छ भन्ने के छ र?


फेरि पनि यो शहर फर्किने गाइंगुइं म सुन्दै छु,
तिम्रो स्वागतमा फेरि तुल टाग्नै पर्छ भन्ने के छ र?

जताततै मित्र भन्दा शत्रु कमाएछौ जिन्दगि भरि,
अब तिमी आउंदा त्यो हुल छल्नै पर्छ भन्ने के छ र?

Read Full Discussion Thread for this article