साँची, मैले केही गर्या छैन.......
छैन, मलाई बन्द कोठाभित्र डर लाग्ने गर्या छैन,
तिम्रो उपहारले जिस्काउने गर्या पनि छैन,
तिमीले गाएका गीतहरुले झस्काउने गर्या पनि छैन,
तिम्रो यादले अल्झाउने गर्या पनि छैन,
तर पनि खै किन हो, यि आसुँ झर्न बन्द गर्या हैन ।
छैन, मैले तिम्रो बारेमा सोच्ने गर्या छैन,
के गरिराछौ भनेर सोध्ने गर्या पनि छैन,
भबिस्य त रहेन नै, अतितलाई सम्झी लोलाउने गर्या पनि छैन,
तर खै किन हो, यि आसुँ बहन बन्द गर्या हैन ।
छैन, मैले ऐनालाई हत्केलाले छोप्ने गर्या छैन,
आफ्नै प्रतिबिम्बले मलाई तर्साउने गर्या पनि छैन,
टोलाएर अनायासै त्येस्लाइ चिथोर्ने गर्या पनि छैन,
तर खै किन हो, यि आसुँ बग्न बन्द गर्या हैन ।
तिमी फर्की आउने बाटो मैले हेर्ने गर्या छैन,
तिम्रो तस्विर सँग एक्लै बात मार्ने गर्या पनि छैन,
तिम्रो सन्देश दोहोर्याएर मस्किने गर्या पनि छैन,
तर खै किन हो, यि बलिन्धारा बग्न बन्द गर्या पनि हैन ।
मलाई खुला आकाश मुनी अत्याश लाग्ने गर्या छैन,
किनकी-मलाई त्यहा अझै पनि तिम्रो उपस्थितीको आभाश हुन्छ
लाग्छ - मलाई हेरिरहेका छौ, म सँग हाँसी रहेका छौ,
अनी म पनि प्रयास गर्छु - हास्न, कारण थाहा छैन,
तर खै किन हो, आज फेरी यि सस्ता आसुँ झर्न बन्द गर्या हैन ।।।