Posted by: fucheketo December 19, 2008
मनोजले छोडेको कथा
Login in to Rate this Post:     0       ?        

दुई दिन पछि,

बिराटनगर ।

 

बिराटनगर गर्मि चरक्क चर्किन थालेको थियो , सुधाले मलाई डिग्रि क्याम्पस अगाडि बोलाएकि थिई । डिग्रि क्याम्पस मैले जहाँ सम्म को बिराटनगर देखेको छु मलाई सबै भन्दा अपायक ठाउँ लाग्छ । बस्ति कतै पनि नभएको निरस र त्यसमाथि प्रतिक्षा निरसता को घनत्व बढाउँदै थियो ।

 आईएससि पढ्दाका बिराट साईन्सको स्पोर्ट्स विकका क्रिकेटका केहि यादहरुलाई घुमाउँदै म सुधाको बाटो हेरिरहेँ । सुधा सँग सोध्नुपर्ने प्रश्न अझै म सँगै थियो । मेरो यो अविश्वास को भागि म मात्र हुँ सुधा मैले सोचे जस्तै निश्चल निष्कपट निस्कियोस भन्ने मेरो चाहना थियो ।

 

गेट बाहिर निस्किँदै गरेकी सुधालाई मैले परै बाट चिनेँ । सुधा ले हाफ टि-सर्ट र मड वाश्ड जिन्स लगाएकी थिई तर आज मेरो अविश्वासको बादल लागेर होला मैले सुधालाई पहिलो भेट जस्तो उज्यालि भने देख्न सकिरहेको थिईन ।

 

"भेट्नलाई कस्तो ब्याकुल ईन्जिनियर साब !"उ हाँसि मैले  उसलाई साथ दिएँ ,अथवा भनौँ म उसलाई शंका गरिरहेको देखाउन चाहन्नथेँ ।

"तिमी आज स्कुल गएनौ पढाउन ?"

"आज क्लास थिएन ,बिहान थोरै अफिसको काम थियो ,त्यता चाहिँ गएँ !"

"कुन अफिस !"

"तिमीलाई थाहा छैन र ?" उसले सँधै आश्चर्य चकित भएर मलाई हेर्दै भनी ।

"मलाई के थाहा तिमी खालि अफिसको काम भन्छौ ,कुन अफिस कहाँ भन्यौ र ?म त स्कुल र अफिस एउटै होला भन्ने सोचेँ नि !"

"हरे।।।।।।।।।। कोहि स्कुलको काममा नेपाल गन्ज पुग्छ ? "

"त्यो त मैले सोच्दै सोचिन नि !"

 

  अब मन हलुका भइसकेको थियो मलाई उसको अफिस उसको पार्ट टाईम टिचिंग अलग रहेछन् । उ दुवै काम गर्दी रहिछ भन्ने बित्तिकै मैले त्यो कुरा ज्यादा कोट्याउनु मेरो निम्ति जरुरि थिएन ।

"एम्नेष्टि ईन्टरनेशनलको नाम सुनेका छौ !"

"मानव अधिकार सम्बन्धि काम गर्छ हैन !"

"त्यसैमा हो !"

मैले बुझे जस्तो गरेर टाउको हल्लाएँ तर त्यो टाउको हल्लाई मेरो दुई दिनको स्ट्रेस रिलिफ गराउने खाले थियो ।

 

 

"कहाँ जाने त ?"

मैले बाईक स्टार्ट गर्दै भनेँ ।

"मैले तिमीलाई माखन भोगको भेज मम भनेको थिएँ हैन ?"

"तिमी पनि भेज नै खाने त ?"

"तिमीलाई पो नन भेज खान हुँदैन त ,मलाई त भेज चलिहाल्छ नि !"

"के को ट्रिट हो ?"

"घर आया मेरा परदेशि प्यास बुझे मेरे अँखियन कि !"

साँच्चै उसमा बिराटनगर छिरेको छ ।

 

   महेन्द्र चोक को महेन्द्रको भत्केको सालिक छिचोल्दै हामी अघि बढ्यौँ । बिराटनगरका अलि धेरै नै नातेदार हरु पनि हुनु भएकाले यता उता ले देख्लान कि भन्ने पिर थियो । आखिर म सुधा जस्तो स्वच्छन्द स्वभावको त पक्कै पनि थिईन , मेरा आँखा यता उता गरि नै रहेका थिए ।

 

 

    "मलाई कहिले काहिँ बितेको एक महिना सपना जस्तै लाग्छ ।" सुधाले मोमो अर्डर गर्दै भनी ।

"मलाई पनि !"

"थाहा छ मलाई ,तिमीलाई कस्तो लाग्छ भनेर !"

म झसंग भएँ के उसलाई थाहा थियो म उसलाई शंका गर्दै थिएँ अघि भनेर ! यदि उसलाई थाहा भएको हो भने सुधा मैले सोचे भन्दा हजारौँ गुणा चलाख छे ।

"के थाहा छ तिमीलाई ?" मैले आफु सम्हालिदै सोधेँ ।म उसकाई आफ्नो डिस्कम्फर्ट लुकाउने भरमग्दुर प्रयास गर्दै थिएँ ।

"फोन गर भन्नलाई पनि मिस्ड कल गर्नु पर्ने केटो पाईएको छ ।"

मैले सोचे जस्तो होईन रहेछ ।

म मात्र हाँसे जब सुधा मलाई आरोप लगाईरहेकी थिई । भेज मम टेबल मा आईपुग्यो । एकछिन सुधा त्यसमैँ ब्यस्त देखिई ।

 

 

"अब कता कोठा छ देखाउने म्याडम आई विल ड्रप यु !"

"ड्रप यु भन्नाले !"

"तिमीलाइ पुर्याएर म ठुलोआमाको मा जान्छु यहिँ छ वहाँ को घर !"

"कति सजिलो ,खुरुक्क न हिँड्ने आज मैँ सँग बस्ने , एक्लै छु क्या आज अनि एक्लै मलाइ एकदम डर लाग्छ एक्लै ।"

उसको आँखामा अनौठो चंचलता देखियो ।मलाई थाहा छ उसलाई एक्लै किन डर लाग्छ भनेर ! सुधालाई किन दुनियाँ को समाजको डर छैन ! नेपालगन्जको घटनाको उसलाई थोरै पनि डर लागेको रहेनछ उसलाई ! मैले बाईक स्टार्ट गरेँ उ पछाडि बसी !

 

"के भन्छन यार छेउछाउका ले ,को हो भनेर सोध्यो भने के भन्छौ ? "

"छोड यि सब कुरा ,या त नेपालगन्ज एउटा गल्ति थियो भन ,या म सँग भन ,गल्ति अरुको आँखा बाट हैन आफ्नो आँखा बाट हेर्नु पर्छ ।यु आर टु कन्जर्भेटिभ ! "

 

  मैले सुधाको कुरा मान्ने पर्ने भयो आज पनि तर वास्तविकता मा आज भने मलाई उ सँग रात गुजार्न मन थिएन । उसले मलाई धेरै कुरा सोच्न फेरि बाध्य तुल्याई । एउटा अविश्वासको खाल्डो बाट भर्खरै सकुशल फिर्ता भएको म फेरि अहिले अर्को अन्तर्द्वन्दमा परेको छु । जसको बारेमा म सुधालाई बताउन सक्दिन र अरु सँग शेयर गर्नुको औचित्य छैन ।

मलाई लागेको थियो नेपालगन्जमा हामीले हतार गरेका थियौँ सम्बन्धलाई एउटा सिँढि चढाउन ।त्यो एक मानेमा गल्ति नै थियो ।तर सुधा त्यो गल्तिलाई माया सम्झेर दोहोर्याउन तेहेर्याउन चाहन्थि !    

  के मायामा निषेध हुँदैन त त्यसो भए ! उ कुन स्वरुपमा मलाई चाहन्छे त ? उसका र मेरा बिचार हरु ,पढाई देखि लिएर स्ट्याटस सम्म कम्प्याटिबल छन् तर उ किन भौतिकता ,एउटा क्षण को पछि दौडिरहन्छे त ! मनोज ले भने जस्तै यो सात दिने हो त ? र आठौ दिनको फैसला सुधाले नै गर्ने हो त ?अनि अन्तिम र मलाई डर लागिरहेको प्रश्न के सुधा सँग नजिक आउने क्रममा म टाढिँदै जाँदै छु त ,र त्यो टाढिनु चाहिँ ठिक छ कि नजिकिनु ठिक थियो ?

 

क्रमश:

 

 

 

Read Full Discussion Thread for this article