Posted by: aardvarak December 18, 2008
र कमरेडले ‘क्रमभंग’ गर्नुभयो!
Login in to Rate this Post:     0       ?        

जंगल बाट सिधै दरबार पस्नुभो
एघार नम्बरको सट्टा पजेरोमा बस्नुभो

कमरेडले ‘क्रमभंग’ गर्नुभयो!

पहिले रात् दिन सधैं मसान जगाउनुभो
अहिले कुर्सिमा उण्घेर भुँडी लगाउनुभो

कमरेडले ‘क्रमभंग’ गर्नुभयो!

पहिले निमुखाको हातमा बण्दुक  बाड्नुभो
अहिले तिनैलाई पोस्न नेपाल फान्डनुभो

कमरेडले ‘क्रमभंग’ गर्नुभयो!

पहिले भारतको काखबाट नेपाल हान्नुभो
अहिले सिँहदरबारबाटै नेपाल मास्न जान्नुभो

कमरेडले ‘क्रमभंग’ गर्नुभयो!

Read Full Discussion Thread for this article