Posted by: somewhereondearth December 18, 2008
Login in to Rate this Post:
0
?
विश्वविद्यालय को नाम परिवर्तन गर्नुमा मेरो घोर आपत्ति छ ।
मलाई मेरो विश्वविद्यालयको माया लाग्छ । मलाई राजा त्रिभुवनले त्यहां कुनै तानाशाहबाद सिकाएका होईनन्, मेरा आदरणीय गुरुहरुले पाठहरु पढाउनु भएको हो जसको धरातलमा म उभिएको छु । मेरा प्रमाण-पत्र म बेला बेला पढ्छु । म पढेको विश्वविद्यालय भनेर म शानका साथ भन्छु । मलाई गर्ब लाग्छ । के मलाई मेरा यि कमाई च्यातेर नयाँ बनाउँदा उस्तै आनन्द आउला । १-२ विद्यार्थि संगठनले विश्वविद्यालयका सबै जेनेरेशन का लाखौ ग्राडुएट्सको भावना बोकेका होलान?
महेन्द्र राजमार्ग भन्नाले म राजा महेन्द्र राजा को बिम्ब सम्झंन्न, यो त पुर्वलाई पश्चिम जोड्ने हाम्रो बाटो सम्झंछु जहां हजारौ जिवन छन्, सम्झंना छन्, भावना छन् । एउटा जीवन शैलि को नाम पनि हो । म त्यो बाटो मा हुर्केको छु । धुलो मा लडिबुडि गरेको छु । राजा महेन्द्र होईन, त्यो त मेरो महेन्द्रराजमार्ग हो ।
विरेन्द्र अन्तराष्ट्रिय सम्ममेलन केन्द्रमा राजा विरेन्द्र वसेका छैनन्, उनको आचरण त्यहा छैन । विरेन्द्र अन्तराष्ट्रिय सम्ममेलन केन्द्र भनेको मेरो लागि, मेरो समाजको लागि त्यो बानेश्वरको भिडभाड मा पनि फराकिलो उभिएको एउटा विशिष्ट सम्मेलन केन्द्र हो, जसका सम्झंना शायद मेरा डायरीमा मात्र होईन उच्च वैचारिक, कुटनैतिक कदका व्यक्तित्व मा पनि होला । के अब म राजा विरेन्द्र र महेन्द्रको विरोधमा मेरा डायरि का पाना मा नाम परिवर्तन गर्दै हिड्नु!!
कुरो नाम को होईन सम्बन्धको हो । म निराशावादि मान्छे होईन, तर मलाई भर रात मा न विश्वविद्यालय परिवर्तन हुन्छ जस्तो लाग्छ, राजमार्ग ६ लेन को हुने बिश्वास छ । तर जे छ जस्तो छ, मेरा जीवन यिनै मा गुज्रेको छ । मेरा भावना हरु गासिएका छन, यिनै महेन्द्र राजमार्गमा, त्रिभुवन विश्वविद्यालयमा, विरेन्द्र अन्तराष्ट्रिय सम्ममेलन केन्द्रमा । मैले मेरा सर्टिफिकेटहरुमा, पाहुनाहरु को मानसपटलमा, भावना हरुमा नाम परिवर्तन गर्दै हिड्नु पर्यो भने मेरा लागि ठूलो बिडम्बना हुने छ ।
राजा त्रिभुवन, महेन्द्र, विरेन्द्र ले जे गरे सकियो । सिकियोस र छोडियोस, बाँदको घाउ जस्तो घरि घरि कोट्टयाउने काम छैन । हुति छ भने नयाँ विश्वविद्यालय खोल्नुहोस, नयाँ राज मार्ग बनाउनुहोस, नयाँ सम्मलेन केन्द्र बनाउनुहोस, जहां हाम्रा (अ?)आदरणिय ज्युहरु, अर्काले होईन आफ्नै पौरखले बनाएको केन्द्र मा अदबका साथ संसद भेला गर्न सक्नुहोस ।
नाम परिवर्तन गर्नुमा मेरो घोर आपत्ति छ ।