Posted by: nepali man6e December 17, 2008
वरिष्ठ साहित्यकार रमेश विकलको निधन
Login in to Rate this Post:     0       ?        

Nepali sahitya premika lagi aarko dukhad samachar

May his soul rest in peace.

वरिष्ठ साहित्यकार रमेश विकलको निधन

२-पुस-२०६५,बुधवार

काठमाडौं। बालबालिकाहरुको साहित्यमा विशेष योगदान पुर्‍याउने वरिष्ठ बालसाहित्यकार रामेश्वर चालिसे (रमेश विकल) को बुधबार निधन भएको छ।
स्वाशप्रश्वासमा कठिनाइ उत्पन्न भएपछि गत मंसिर २५ गते उपचारका लागि अस्पताल भर्ना गरिएका वरिष्ठ साहित्यकार विकलको ८१ वर्षको उमेरमा बुधबार उपचारका क्रममा मध्यान्ह सवा ३ बजे निधन भएको हो।
निमोनिया र फोक्सोमा खराबी देखिएपछि मंसिर २५ गते रातिबाट उहाँलाई राजधानीको जोरपाटीमा रहेको नेपाल मेडिकल कलेज शिक्षण अस्पतालमा भर्ना गरिएको थियो। साहित्यकार बिकलको सघन उपचारकेन्द्र (आईसीयू) मा राखेर उपचार भएको थियो। विक्रम संवत् १९८५ को भाइटीकाका दिन काठमाडौंको गोकर्ण आरुवारीमा जन्मिएका विकलले २०१६ सालमा नयाँ सडकको गीत कृतिमा मदन पुरस्कार पाउनुभएको थियो। प्रगतिवादी आख्यान साहित्यलाई स्थापित गर्न विकलको योगदान अतुलनीय रहेको छ।


विकलको दुई छोरा र चार छोरी हुनुहुन्छ।  


उहाँको बुधबारनै राजधानीको गोकर्णेश्वरमा दाहसंस्कार गरिएको छ।
यसैबीच विक्ली नेपालसँग कुरा गर्दै नेपाली साहित्यका वरिष्ठ साहित्यकार ध्रुबचन्द्र गौतमले विकलको निधनले नेपाली साहित्यमा रिक्तता थपिएको बताउनुभएको छ। उहाँले विकल एक सरल, शिष्ट र साधनारत अग्रणी साहित्यकार हुनुभएको स्मरण गर्दै नेपाली आख्यानलाई यो उचाईमा ल्याउन उहाँको विशिष्ट योगदान रहेको पनि चर्चा गर्नुभयो। विकलको निधनबाट नेपाली साहित्यमा ठूलो स्तब्धता छाएको बताउदै डा. गौतमले यो रिक्ततालाई पूर्ति गर्न नसकिने पनि बताउनुभएको छ।

 

http://weeklynepal.com/index.php?option=com_content&task=view&id=17111&Itemid=39

Read Full Discussion Thread for this article