Posted by: Birkhe_Maila December 17, 2008
~ * चौतारी-१३६ *~
Login in to Rate this Post:     0       ?        
हर्केले कसरि खसिको मासु खान पायो: एक चित्रकथा-

मासु नखाएको धेरै दिन भएकोले हर्केलाई तल तल लाग्यो। बिहानै उठ्यो र खसि खोज्न बजार तिर बस चढेर गयो।

हर्के खसि बजारमा पुग्यो र खसिहरु नियाल्न थाल्यो।

बल्ल बल्ल एउटा खसि भेट्टायो र लिएर घर फर्कियो।


बिस्टे बुढाको सहयोगले खसि मार हानिहाल्यो। मान हानेको दृष्य बाबु नानीहरुले हेर्न हुँदैन त्यसैले चित्रकथामा नराखेको। त्यसपछि खसि खुइल्याएर एक पटक खुइयय गर्दै सुस्केरा हाल्यो र एकछिन थकाई मार्यो।


त्यसपछि, मजाले काटकुट पार्दै खसिको भित्र्याँसहरु निकालेर सफा गर्यो।


काटकुट पारेर टेबलमा राखेर एकछिन फेरि थकाई मार्यो।

बिस्टे बुढासंग मिलेर खसि दुई भाग लगायो, र आफ्नो भाग जम्दारी तौलियामा राखेर घर लग्यो। बिस्टे बुढाले मासु मासु आफूले राखेर कतै हाड मात्र त पारेनन् भन्दै मासु नियाल्यो।


आज गतिलो मासु खानु पर्छ भनेर फिलाको मासु निकै आकर्षक किसिमले काट्यो।


फिलाको मासु र भित्र्याँस दाउरा बालेर तोरिको तेलमा मरमसला हालेर चट्चट् गरेर भुट्यो, र आमैले बनाएको तरकारि, दाल, भात र अचारसंग बजियाले बजायो!



ल बाबु नानी हो यसरी हर्केले खसिको मासु टन्न खायो। अब भोक लाग्यो होला तिमिहरु पनि माम खान जाऊ है?






Read Full Discussion Thread for this article