Posted by: fucheketo December 17, 2008
मनोजले छोडेको कथा
Login in to Rate this Post:     0       ?        
दश दिन पछि,


कामको चापचाप बिचमा पनि सुधा मेरा सपनीहरुमा हर रात आइ नै रही र दिउँसो फोनमा गुनगुनाई नै रही र एउटा शाश्वत सत्य उ सपनीहरुमा पनि मेरो पहिलो भेटको बिपनीमा जत्तिकै राम्रि देखिन्थि , आकाशबाट उत्रेकी परी जस्तै , र फोनमा पनि उ उत्तिकै मधुर सुनिईन्थि पहिलो वार्ता जस्तै एनटिसिका तमाम नेट्वर्क प्रोब्लेमहरुलाइ थाति राखेर पनि !!!!!!!!!!!

काम भने आफ्नो सात दिने सनकिको बिदा पछि ब्यस्तताको पराकाष्ठामा पुगेको थियो ,बोझ माथि बोझ बोझ माथि बोझ थपिए जस्तो ,मलाइ कहिले काहिँ आफ्नो काम प्रतिपनि चित्त बुझ्दैन जब म आफ्ना कामका प्रक्रिति लाइ नियाल्ने गर्छु ,सामाजिक शिक्षा दिने क्रममा म मेरो प्राविधिक शिक्षा प्रति न्याय गरिराखेको छैन कि जस्तो लाग्छ कहिलेकाहिँ मलाई !!! कमसे कम मैले ईन्जिनियरिंग गर्दा धनकुटेलि जनतालाई साबुन पानीले हात धुनुपर्छ ,सँधै शौचालयमात्र दिसा पिसाब गर्नु पर्छ भन्ने शिक्षा दिनुपर्छ भन्ने चाहिँ सोचेको थिईन ।

मोबायलको रिंग टोन बज्यो ,कसैले मलाइ सुझाव दिएको थियो राष्ट्रिय गित लाई रिंग टोन बनाएर हलुका बनाउनु हुन्न भनेर ! त्यो दिन देखि म यो रिंग टोन चेन्ज गर्छु भनेर सोच्छु तर जब रिंग बज्न छोड्छ म फेरि बिर्सिन्छु रिंग टोन चेन्ज गर्नु छ भनेर ,यसो मोबायलको स्क्रिन हेरेव ,सुधाको रहेछ ।

मन त्यसै त्यसै उडे जस्तो हुन्छ जब जब सुधाको फोन आउँछ । सँधे जस्तै आज पनि कुनै गम्भिर टपिक्स थिएनन् तर पनि गफ त्यसै त्यसै लम्बिरह्यो ।उसको  अफिसको काम सिध्धियो रे त्यसै भएर फोन गरेको रे ,यो कल गर्ने कारण हो भने संसारमा प्रत्येक किनमा कारण हुन्छन् ।बिराटनगर को पानी पुरि र माखनभोगको भेज मम खान एक चोटि बिराटनगर आउने निमन्त्रणा पनि उसले कुरै कुराको विचमा दिई , उसले भेजेटेरियन आइटमहरुको एक हफ्ता सर्भे गरेर सबैभन्दा मिठा कुराहरु पत्ता लगाएकी रे ,उ मेरो लागि जे होस् चिन्तित छे भन्ने त थाहा भयो , मैले क्यालेण्डर हेरे आज बुधबार थियो ,आज अफिस छोडेर जानु एउटा अर्को सनक हुन्थ्यो ,त्यो एफोर्ड गर्ने क्षमता म मा थिएन मैले शुक्रबार बिराटनगर आउने वाचा गरेँ ।

मन हलुका भयो जब सुधाको फोन आयो ,कामको स्ट्रेस पनि कता कता घटे जस्तो लाग्यो । कम्प्युटरमा पर्सिलाई चाहिने टेण्डर डक्युमेण्ट बनाउँदा बनाउँदै अचानक मलाइ दिमागले फ्ल्यासब्याक मा लग्यो जति खेर सुधा र म पहिलो चोटि भेटेका थियौँ

"के गर्छौ तिमी?"
"साझामा तिम्रा कथाहरु पढ्छु ।"
"मैले त्यो बाहक सोधेको !"
"मास्टर्स गर्दै छु बिराटनगरमा त्यो बाहेक पढाउँछु पनि !"

उसले मलाई पछि नेपालगन्ज आफ्नो अफिसको सिलसिलामा आएको भनेकी थिइ ,अहिले पनि अफिसको काम सिध्याएको कुरा गरी ,बिराटनगरको कुनै स्कुलको पार्ट टाईम टिचर ,अफिसको कुन कामको सिलसिलामा नेपाल गन्ज पुगि त ?मैले उसको रुप उसको लावण्यमा भुलेर ति कुराहरु जोड्न बिर्सेछु । मलाइ सुधाका कुरा हरु थोरै एक आपसमा बाझिए जस्तो लाग्यो अहिले भने ,,,,,,,त्यसो भए के सुधाले मलाई ढाँटी त त्यसो भए ? त्यस्तो त नहुनु पर्ने किनकि तिन दिन मैँ उसले मलाई आफ्नो सर्वस्व दिएकि छे ।

मेरो मन भारि भएर आयो , मैले कम्प्युटर बन्द गरेँ । मलाइ किन त्यसै त्यसै आशिषजिलाई सुधाको बारेमा सोधौँ जस्तो लाग्यो ।आशिषजि पनि इटहरिको मेरो अफिसको सहकर्मि हुनुहुन्छ ।हुन त आशिषजिको घर र सुधाको घर टाढा टाढा पनि हुनसक्छ ।तर पनि आशिषजी धेरै पाको मान्छे हामी भन्दा अनि इँटहरिको बासिन्दा चिनिने पो हाल्नु हुन्छकि भन्ने मेरो आशा थियो ।

"सर बस्नुहोस् न " आशिषजि ले आफ्नो कामको फायल एकातिर सार्दै भन्नु भयो ।आशिषजिको यो बनि मलाई मन पर्छ वहाँ आफ्नो कामलाई भन्दा आफ्ना सम्बन्ध हरुलाई महत्व दिनुहुन्छ ।हुन त कार्यालयको कामको लागि भने त्यो राम्रो नहोला किनकि सम्बन्दहरुलाइ समय दिँदा कामहरुलाई फुर्सद नहुन पनि सक्छ ।


"एउटा कुरा सोधौँ है सर !"
'सोध्नुहोस् न !"
"तँपाइ सुधा शर्मालाई चिन्नुहुन्छ ,ईटहरिकै हो !"
आशिषजिले म चिन्छु त ,सारै राम्री शिलस्वभाव कि छिन् भन्नुहोस् भन्ने मेरो चाहना थियो
'ईटहरि कहाँ?"
"त्यो त थाहा भएन "
"सरले ईँटहरिलाई कति सानु सोच्नु भएको !" मेरो चाहना पुरा नभइरहेको संकेत आइरहेको थियो त्यतातिरबाट भनेँ
"होईन सर नजिकै हो भनेर ,डिग्रि को स्टुडेण्ट हो बिराटनगरमा ,पार्ट टाइम टिचिंग पनि गर्छिन रे " मैले फेरि सुधालाई चिनाउने असफल प्रयास गरेँ पार्ट टाईम टिचर भनेँ मैले बिस्तारि भनेको  थिएँ ।
'होईन सर बिवाहको प्रस्ताव आयो कि के हो ?' शालिन मुस्कानका साथ आशिषजीले मलाइ जिस्काउनु भयो ।
"होइन एक जना साथिलाई चाहिएको भएर !'शायद ढाँट्नु त्यति बेला आवश्यक थियो ।
'सरि सर मलाई थाहा भएन ,कता घर रहेछ बुझ्नु न त्यसपछि को बुझ्ने जिम्मा मेरो भयो !"
मैले सान्त्वना खोजेको थिएन तै पनि टाउको हल्लाएव अनि बाहिर नस्किएँ ,सुधा लाइ बिराटनगरमैँ सोध्नु पर्ला आफ्नो चित्त बुझाउने अन्तिम सल्लाह आँफै लाई दिएँ । आशिषजि फेरि आफ्नो फायल तिर फर्कनु भयो ।

क्रमश;

Read Full Discussion Thread for this article