Posted by: BostonKtm December 17, 2008
Maoist haru Chor ho bhanera its Proved...'राजतन्त्र फाल्नमात्र फिर्ताको प्रतिबद्धता'
Login in to Rate this Post:     0       ?        

'राजतन्त्र फाल्नमात्र फिर्ताको प्रतिबद्धता'

कास

काठमाडौं, पुस १ - राजतन्त्रको अन्त्यका लागि कांग्रेससँग सहकार्य गर्न आवश्यक भएकाले माओवादीले द्वन्द्वकालमा कब्जा गरिएका घरजग्गा फिर्ता गर्ने प्रतिबद्धता गर्नुपरेको गजुरेलले खुलासा गरे । उनले घुमाउरो पारामा कब्जा गरिएका जमिन फिर्ता नगर्ने आशय व्यक्त गरे । उसो भए अब कब्जा गरिएका जग्गा फिर्ता गर्नु हुन्न ? भनी संवाददाताहरूले सोधेको प्रश्नमा उनले भने, 'फिर्ता प्रक्रियामा छौं तर व्यवस्थापन कसरी गर्ने भन्ने हो ।'

महतले माओवादीले पटक-पटक झूटको राजनीति गरेको भन्दै गजुरेलको भनाइप्रति आक्रोश व्यक्त गरे । 'राजा फाल्न कांग्रेससँग मिल्नुपर्ने भएकाले फिर्ता गर्छु भनेको भन्ने उहाँहरूको मनशाय देखियो,' उनले भने, 'यो झूटको राजनीति भो ।' घरजग्गा फिर्तालगायतका विषयमा माओवादीको ९ बँुदे प्रतिबद्धताविपरीत काम भइरहेकोमा उनले आलोचना गरे ।

माओवादीले संविधान निर्माणको महत्त्वपूर्ण काममा ध्यान नदिई सत्ता कब्जामा केन्दि्रत रहेको उनको आरोप छ । आयोग गठनको औचित्य नभएको उनको भनाइ थियो । 'एकलौटी किसिमले आयोगको अध्यक्ष फलानो भयो भनेर कसैले

मान्छ ?,' उनले भने, 'राजनीतिक सहमतिका आधारमा आयोग बनाउनु पर्नेमा बेवास्ता गरेर एकलौटी बनाउन पाइँदैन ।' माओवादी मोडल लागू गराउने खालको आयोगमा कांग्रेस सहभागी नहुने महतको भनाइ थियो । 'सबै दलको बैठक बसी, आयोगको कार्यक्षेत्र स्पष्ट भएमात्र' कांग्रेस समितिमा बस्ने उनले बताए ।

Read Full Discussion Thread for this article