Posted by: crazy_love December 16, 2008
शीर्षक जे पनि हुन सक्छ।
Login in to Rate this Post:     0       ?        

भाग- १२

त्यो दिन बिबेकले फोन गरेको थ्यो उसलाइ, कबिता भैरहवा नै जाने भै रे, उतै राम्रो काम पाइ रे। जानु अघि उ सङ भेट्छु भन्दै थी रे। अब कहिले फुर्सद हुन्छ भनेर सोध्दैथ्यो बिबेकले उसलाइ, उसले दुइ हप्ता कामको ओइरो छ भनेर टार्‍यो। बिबेकले शंका गर्दै भन्यो।

"के हो तेरो लव सब त पर्न थालेन? म सङ लुकाउनु पर्ने जस्तो त लाग्दैन।"

"होइन, होइन। घरमा पनि बुबालाइ सघाइराको छु अहिले।" उसले पनि झुठ बोल्यो, प्रेममा हर कुरा जायज हुन्छ।

"कि बिहेमा मात्र जन्ती बोलाउने हो? म त त्यस्तो गरिस् भने तेरो बिहेमा आँउदिन नि।" बिबेकले कुरा निस्किन्छ कि भनेर जिस्कियो।

"यदि मैले बिहेको कुरा नैं तंलाइ थाहा दिन भने नि।" उसले पनि ठट्टा गर्‍यो।

"के रे ? के भन्छ यो ? कि फेरि ...................?" बिबेकले अँध्यारोमा गोली हान्यो।

"बिबेक! म साक्षीलाइ अझै माया गर्छु। उ सुखी छैन।"

"हुतिहारा ! नामर्द ! तं आफै आफ्नो जिन्दगी बर्बाद गर्दैछस्। त्यसलाइ फेरि ल्याउने हो भने म मरें भनेर सम्झिनु।" बिबेकले उताबाट लाइन काटिदियो। सबै भन्दा मिल्ने साथी पनि रिसायो साक्षीको कारण। भोलिपर्सि घरपरिवार पनि पर होलान्, के त उ अझै साक्षीलाइ चाहन्छ? सबैसङ बैरी भएर साक्षीलाइ फेरि अपनाउन चाहन्छ? यो नाम नभएको सम्बन्ध अब कहाँ पुगेर टुगिन्छ त? उ दिनभरि त्यही प्रश्नहरुसङ लुकामारी गरेर बस्यो।

साँझ मांहाकालथान पुग्दा साक्षी उसैलाइ कुरेर बसेकी थी।

"तिम्रो र मेरो मन्दिर दर्शन गर्ने समय पनि एउटै हुँदो रैछ है साक्षी?" हिजो बेलुकीको साक्षीको रिस सम्झेर भन्यो।

"आज तपाइसङ मेरो एउटा कुरा छ।" साक्षी उदाश देखिन्थी हिजो अस्ति भन्दा।

"भन न। के कुरा हो त्यस्तो?" मन्दिर दर्शन गरेर बाहिर निस्किदाँ उसले सोध्यो।

"कुनै ठाँउमा बसेर कुरा गरौं।" साक्षीको अनुरोधले उसलाइ एकछिन आश्चर्यमा पार्‍यो। हिजो राति कहिले नभेट्नी भनेको मान्छे आज आफै कुरा गर्ने त्यो पनि कतै बसेर भन्दैथी। उसको कानलाइ भ्रम भाको जस्तो भयो। उनिहरु हिंड्दै त्यही इन्द्रचोकको होटेलमा पुगे जहाँ उसले साक्षीलाइ २ महिना अघि अचानक देखेको थ्यो।

"म बाबाको घर फर्किन चाहन्छु।" चिया अर्डर गर्नासाथ साक्षीले भनी।

"अनि ?" उसले प्रश्न गर्‍यो।

"बाबा र मुमा फोनमा पनि कुरा गर्नु हुन्न मसित। म उहाँहरु सङ माफी माग्न चाहन्छु। मैले गर्दा उहाँहरुको ठुलो बेइजत्ती भयो। मेरो आफ्नै जीबन पनि अस्तब्यस्त छ। मैले ठुलो गल्ती गरें, आफ्नो गल्तीको सजाँय पनि भोगें, अझै कति भोग्नु पर्छ त्यो थाहा छैन। अबदेखि म उहाँहरुले जे भन्नु हुन्छ त्यही गर्छु। म बाबाको घरमा जान चाहन्छु सधैको लागि।" साक्षी पीडा छचल्किएर पोखिन लागेका आँखाका डिलहरु पुछ्दैथी।

"मैले के गर्नु पर्‍यो त?"

"तंपाइले उहांहरुलाइ साक्षी फर्किन चाहन्छे, आफ्नो गल्तीको पस्चाताप गर्न चाहन्छे भनिदिनु भयो भने उहाँहरुले मलाइ घरमा आश्रय दिनु हुन्छ। तंपाइको कुरा सुन्नुहुन्छ।"

"त्यो भन्दा पहिले मेरो कुरा सुन साक्षी!"

" भन्नुस्!" उ आज्ञाकारी बालक झैं निहुरिएकी थी।

"मैले तिमीलाइ पहिलो दिन पनि सोधेको थे। तिमी खुशी छौ भने मेरो भन्नु केहि छैन। तर तिमीले केहि भनेनौ।"

"म जस्तो केटीको सुख र दुखको के कुरा? एउटा हुरीले उडाएको फुल जस्तो न बोटमा हाँसेकी थी न पत्कर भएर रमाउन सकी।"

"तिमी सुखी छैनौ म सुखी छैन भने, हामी दुबै फेरि किन प्रयाश नगर्ने एकचोटि।"

"असंभब! यो संभव छैन।" साक्षी एकै सासमा बोली।

"किन ? कसरी ?" उसले केहि बुझेन।

"म आफ्नै आँखाबाट झरिसकेकी छु। त्यो कहालीलाग्दो बिगत भुत जस्तो लखेटी रहनेछ तंपाइलाइ अनि मलाइ अबिस्वास, शंका र त्रासदी बनेर।" साक्षी "हुनै सक्दैन" भनेर टाउको हल्लाइ रहेकी थी।

"बुबाले मलाइ २ हप्ताभित्र अर्को बिहेको निर्णय गर्ने म्याद दिनु भएको छ। शायद यो हाम्रो अन्तिम भेट हुन सक्छ। अबदेखि म तिमीलाइ घरिघरि पछ्याइ रहने छैन। तिम्रो सम्झनाले मात्र मेरो जिबन बित्दैन नि, हैन त?" उसले साक्षीलाइ हेर्‍यो।

"हो त ! तँपाइले अर्को बिहे गर्नु पर्छ। सबै म जस्तो बिस्वास्घाती हुदैनन्। मैले तँपाइसङ सात जुनी क्षमा मागे पनि मेरो पाप माफी हुँदैन"। साक्षी अझै पस्चातापको भुमरीमा घुमिरहेकी थी।

"मलाइ अर्को बिहेको चिन्ता छैन। तिमी र म नैं एक अर्काको सहायक बनेर जिबन बिताउन सक्छौं भने यो अर्को बिहेको नाटक फेरि किन गर्नु पर्‍यो?" उ एकछिनलाइ चुप भयो। साक्षी केहि बोल्छे कि भनेर कुर्‍यो। साक्षी धेरै बेरसम्म नबोलेपछि फेरि उसले भन्यो।

"म यो जटिल सम्बन्ध, मेरो एकोहोरो पागलपन र तिम्रो समस्या सबैको उपचार चाहन्छु।"

"मतलब?" साक्षी अन्योलमा थी।

"तिमीसङको यो घिट्घिटिएको सम्बन्धलाइ नयाँ दिशा दिन चाहन्छु। मेरो घर तिम्रो प्रतिक्षामा छ। म तिम्रो लागि अल्झिएको जिबन सम्हालेर बसेको छु। अझै पनि म तिम्रो भाबनाको कदर गर्छु।  तर तिमीले मैले चाहे जस्तो गर्नु जरुरी छैन। यदि तिम्रो म प्रति अलिकति पनि भाबना छैन भने र मेरो घर  फर्किनै मन लाग्दैन भने हामी अर्को चोटिदेखि देखे पनि नदेखेको जस्तो गरौं। मानौं हाम्रो कहिले बिहे भएकै थिएन, म तिमीलाइ चिन्दिन र तिमी मलाइ चिन्दिनौ।"

साक्षी सुंक्क सुंक्क गर्दै थी।

"म तिमीलाइ एक हप्ताको समय दिन्छु।" उसको कुरा सुनेर साक्षी झस्की।

"एक हप्ता? के को लागि?"

"तिमी मेरो जिबनमा आउन चाहन्छौ वा.................. " उसले बाक्य पुरा गरेन।

"म यो अबस्थामा केहि भन्न सक्दिन।" साक्षी थाकेकी थी।

"ठिक छ। तिमी सङ भोली देखि सात दिन बाँकी छ, मेरो मोबाइल नम्बर चेन्ज भएको छैन। म तिम्रो उत्तरको प्रतिक्षामा छु।"

उनिहरु त्यो साँझ बाटोभरि नबोलेरै बिदा भए।

क्रमश:

Last edited: 16-Dec-08 07:17 PM
Read Full Discussion Thread for this article