त्रिशुल प्रभो,
हनुमानढोकाको सन्दर्भमा हजम त मैले हैन बाङ्गेले नै पाचक खाएर गरेको कुरा मैले लेखें त -- त्यो लेखाईको अंश राख्दैछु म यहाँ --
"अनि गुम्बेलाई बजाउने कैले त?"
"किन?" उस्ले ढोका नजिकै पुगेर सोध्यो।
"हिंजो हनुमानढोकाको बबाल बिर्सीस? त्यस्तो नभा नभा कुरो गर्दै हिने पछि सम्झाउन परेन? --झ्यालिन्चा फेरी उस्तै -- तर सुरु गरेको त गुम्बेले रे छ --" मैले भनें।
"त्यस्तो पुरै नभा कुरा गर्या नी हैन गुम्बेले -- काँबाट तीँ पुग्या रे छ नी फेरी --" हलुका मुस्कान अनुहारमा ल्याउँदै बांङ्गेले भन्यो।
(पछी अनौपचारीक बार्तालाबमा "म हनुमानढोका त्यो दिन लाईसेन्सको कुरा गर्न गएको थिएँ" भन्थ्यो। पत्याउने नपत्याउने भन्या त्यस्तै उस्तै हो।)
अब मोटरसाईकलमा उ भएको कुरा उस्ले खण्डन गरेन। तर तरुनी उस्लाई च्यापेर बस्या हाम्ले देख्या भनेसी उस्ले त्यो खण्डन गर्ला भन्ने सोचाई हाम्रो पनि थिएन। बरु पुष्टी चै गर्यो तर पुष्टी शंकास्पद लागेकोले उक्त शंका निबारण नभए सम्मको लागि भनेर मैले उस्को पुष्टीलाई निलम्बित गरीदीएँ।