Posted by: Deep December 16, 2008
Yes! They are hiring
Login in to Rate this Post:     0       ?        

जिरादाई,

सोमालिया भन्या जे भए नी परदेश, न साहु आफ्नो न आसामी। मौका पाए एक थरी ढिकी कुटने अर्को थरीले घान हाल्न बेर लाउँदैन हाम्लाई। फेरी भुपरीबेस्टीत देशको मान्छे समुद्री लुटेरा हुन टेरलिङ पनि गतिलै चाहिएला। त्यो भन्दा त उतै आफ्नो भुपरीबेष्टीत स्वदेशमा सुप्रिम कामरेड ले
खोल्या स्याल जत्थामा भर्ना हुन जानु पर्ला जस्तो छ। जागिर पनि हुने, पढाई पनि (त्यै के त एम ए डिग्री)-- त्यो एम ए को कुरा चै सार्है राम्रो।  माओबादीले केही गर्न सकेनन भन्ने हरुको मुखाँ बुझो लाईदिन्छ यस्ले। बरु यसो पनि गरे झन राम्रो हुन्थ्यो, छ बर्ष पुगेका सबैलाई एक कक्षा पासको प्रमाण पत्र दिने। सात बर्ष पुगेकालाई दुई कक्षाको। त्यही क्रमले १६ बर्ष पुगेका सबै १० कक्षा पास। १८ बर्षका १२ पास, त्यही क्रमले बर्ष अनुसारको शैक्षिक प्रमाणपत्र दिए पछी देशको सैक्षिक क्षेत्रमा केही लगानी नगरी नतिजा १००%।  जेलको साँचो चोरलाई दिने हाम्रो गाममा नगएर कता सोमालिया तिर जानु? हँ जिरादाई, के छ बिचार?

Read Full Discussion Thread for this article