Posted by: krishhhh December 15, 2008
हामी के साचिनै आफ्नो देश नेपाल को माया गर्छौ त ?
Login in to Rate this Post:     0       ?        
साथी हरु, चाहे तिमी हरु लाई यो कुरा मन परोस या नपरोस, त्यो आफ्नै ठाउँ मा छ। कोइ भर्खरै अध्ययन गरिरखेका होलन, आफ्नै प्रब्लेम हरु होलान, त्यो भनेको सबै को हुन्छ नै। मैले आफु ले जे गरे त्यो समाज को सामु देखाइ दिउ भन्ने मात्र मेरो उदेश्य हो। मेरो एस्मा अन्य कुनै पनि ब्यक्तिगत प्रसँग हरु छैनन। हामी बिदेश म बस्ने धेरै लाई के कसरी गर्ने भन्ने कुरा हरु थाहा छैन, र मेरो उदेश्य भनेको खाली एउटा बाटो देखै दिने मात्र थियो यहाँ। तर केही उग्र स्वभाब भएक मित्र हरु ले यो कुरा लाई अर्कै दिसा तिर लाने प्रयास गरे। एउटा मुख्य कुर के हो भने, यो नेपाल मा भएक गरीब दुखी हरु लाई सहयोग गर्ने तरिका भनेको त्यो ब्यक्ती लाई मात्र उपयुक्त हुन्छ जस्ले आर्थिक स्थिती कम्जोर नभएको होस्। त्यो ब्यक्ती को आफ्नो स्थिती मा भर पर्छ। कोसै को अध्ययन नै बाँकी छ, अध्ययन सुल्क नै तिर्न पुगी रहेको छैन भने यो बिचार  सोच्नु गलत नै हो भन्छु म। यहाँ १,२ जना साथी हरु ले राम्रो बिचार  प्रस्तुत गर्नु भयो। वहाँ हरु लाई भित्र देखी नै धन्यवाद र शुभकामना छ। मैले धेरै लाई हैन, केवल १,२ जान वहाँ हरु जस्तो लाई यो शुभ कार्य म प्रोत्साहन गर्नु थियो, मलाई गर्ब छ वहाँ हरु ले यो कुरा लाई मनन गरी दिनु भयो। हाम्रो थोरै लगानी ले नेपाल मा ठुलो ठुलो सहयोग गर्न सकिन्छ। यो कुनै गाह्रो कुरा हैन। आफु ले सोछे पछी गर्न सकिन्छ। नयाँ साथी हरु लाई मेरो शुभकामना। अनी १, २ जना साथी हरु बाट मैले ए- मेल पनि प्राप्त गरेको छु। वहाँ हरु लाई म पक्कै पनि लेख्ने छु। अन्त्य मा साथी हरु को नयाँ बिचार  को लागि शुभकामना शाहीत सम्पूर्ण बिदेश म निर्बासित नेपाली दाजु भाई दिदी बहिनी हरु लाई मेरो अनुरोध छ। तपाईं हरु को १०० दोल्लर मात्र ले पनि एउटा होनहार नेपाली हाम्रो देश म जन्मिन्छ। अनी उनी हरु को असिर्बाद पनि सहयोग गर्ने लाई मिल्छ। मेरो सबै लाई अनुरोध छ यो बिचार  मा कदम चल्नु हुन, र अरु लाई अफु ले गरेको कार्य को उदाहरण पनि दिनु जरुरी छ, ता कि उनिहरु लाई पनि एउटा अंकरी होस्।
Last edited: 15-Dec-08 07:53 PM
Read Full Discussion Thread for this article