Posted by: fucheketo December 15, 2008
मनोजले छोडेको कथा
Login in to Rate this Post:     0       ?        
उसका अंगहरुमा म आँखा लाइरहन सकिन ,किन मलाई थाहा छैन । कारणहरुको हुन त कुनै अस्तित्व छेन त्यसमा , तर कुनै कुनै किनहरु ले अस्तित्व नै नभए पनि डोब छोडेर जाने रहेछन् । उसले मेरो प्रेम प्रस्ताव स्विकारेकि छे ,त्यो थोरै समय अगाडिको मेरै अघि घटेको सत्य हो , उ भिजेर अझ राम्रि ,अझ खुलेकी ,अझ फक्रिएकि र अझ स्पर्शलायक देखिएकि छे त्यो हामीलाई रुझाउने जाडोमा झरेको बेमौसमि झरिको उसलाइ सौगात हो ,र म उसलाई अहिले उ एक्लिएकि बेला हेरिरहेको छु किनकि शायद अब उ मेरो अधिकार क्षेत्र भीत्र पर्छे होला ,त्यसो भए म किन अनकनाई रहेको छु त उसलाई हेर्नलाई ,त्यो किनको म सँग जवाफ छैन ।

"तिमी आफ्नो कपाल यसले पुछ , म चेन्ज भएर आउँछु ।" सुधाले म तिर टावेल फ्याँक्दै भनी ।
म उसैको बेडमा थिएँ त्यतिबेला ।
"एकैछिन बस न , मेरा लुगाहरु पनि त भिजेका छन् ।" मैले उसको हात समातेर आफु तिर तान्दै भनेँ । उसले मलाई अनौठो तरिका ले हेरी अनि मेरो नजिकै आएर बसी ,नजिकै मात्र नभएर उ मेरो देरै नजिकै भएको अनुभव गरेव मैले ,किनकि आखिर उ मेरो आग्रह टार्न नसकेर मेरो नजिकै आएर बसेकी थिई ।मलाई थाहा छैन भिजेको आगो कस्तो हुन्छ ,तर उ नजिक हुँदाको तापलाई बयान गर्ने अरु विश्लेशणहरु म सँग छैनन् ।

"तिमी के सोचिराखेको छौ ,नढाँटी भन त !"अन्त्यमा उसैले मौनता भंग गरी ।

उसलाई थाहा नै छ होला ,म के सोचिराखेको ,किन मननै सँधै दिमागमाथि जित हाँसिल गर्छ ,किन मान्छे लाई निषेध सँधै प्यारो हुन्छ ?मेरो मनमाँ पनि त त्यहि प्रश्न उठिराखेको छ , म उसलाई त्यसैको जवाफ कसरी दिउँ ।

मैले उसको हात अझ जोरले समातेँ जब मलाई शब्दहरुको अभाव भयो । अनि उसको अनुहारको न्युनतम दुरिमा आफ्नो अनुहार पुर्याएँ ।अब म केवल उसलाई र उ मलाइ देखिरहेकी थिई । मेरो बाहिरि विश्वलाई सम्पुर्ण रुपमा उसका भिजेका काला लामा कपालले छेकेका थिए । मलाई बाहिरि विश्व नियाल्ने चेष्टा पनि थिएन किनभने मान्छेले चेष्टा त्यतिखेर राख्छ जब उसलाई केहि अपुग हुन्छ यहाँ त मेरोसम्पुर्ण विश्वनै समर्पणको भावले आँखा चिम्लेर मेरो प्रतिक्षामा बसेकी थिई ।

एकछिनको सुधाको बिरोद शायद नैतिकताको लागि थियो । तर जब हामी बिचको सामिप्यता ले हाम्रो नैतिकता समाप्त गर्दै लग्यो ,त्यति खेर सुधा र म एउटा अलग्गे गहिराहिमा थियौँ र उसको बिरोधको सम्पुर्ण स्थान उसको सन्तुष्टिले लियो ।



"तिमी मलाइ ईटहरिमा भेट्न त आउँछौ नि ?"
सुधाले म हिँड्ने बेलामा बिस्तारै सोधि ।
"तिम्रो मनले के भन्छ ।" मैले अघि सोफामा हुईँक्याएको चिसो सर्ट लगाउँदै भनेँ ।
"मेरो मनले आफुलाइ भन्दा तिमीलाई ज्यादा विश्वास गर्नु भनेको छ ।"
"तिम्रो मनले जहिल्यै तिमीलाई साँचो भन्छ ।"

म बिस्तारै बिस्तारै तल झरे । उसले ढोका ढप्क्याएको सानो आवाज त सुनियो ,मन भनेँ कतै अर्कै उडानमा ब्यस्त थियो ।



"बाइकको बेला बाईक उसको डेटिंगलाई भनेर दिएको दिन भर गायब भयो ,साँझ परिसक्यो ,बाईक चाहिन्छ यहाँ भन्ने पनि सोचिनस् है ?" मनोजको रिस स्वाभाविक थियो।
"आजको रात पनि मैले तेरै कोठामा सुत्नु पर्ने होईन ?'
"हो किन ?"
"लामो कथा छ यार तँलाई सुनाउन मन लागेको ,आजको डेटिंग डेटिंग मात्र रहेन ।"
"त्यसो भए त तेरो आजको कथा मिस नगर्नु पर्ने शो भयो तर आज कथा छोटोमैँ सिध्या है ,भोलि चाँडै उठ्नु पनि त पर्ने छ ।" मनोज मुस्कुरायो ,मलाई थाहा छ मनोजको मुस्कान भोलिको मिठो सम्झनामा थियो ।



"साँच्चै हो त ?" मनोजलाई मेरो कथामा  विश्वास भइराखेको थिएन , मैले स्विकारोक्तिमा मात्र टाउको हल्लाएँ । मनोज चुप थियो त्यसपछि ।
"अब तिमिहरु दुई बिचको प्रेम सफल हुनु असफल हुनु दुवैमा मात्र सुधाको हात छ ।"धेरै बेर पछिको मौनता पछिको यो मनोजको निष्कर्ष थियो शायद ।
"किन?"
"अहिले सम्म तैले आफ्नो रहरले गर्या हो र ?तैले चाहिस् नै भने पनि सुधालाई छोड्न सक्दैनस् ,सुधाले तँलाई छोड्न भने सक्छे !"
"मैले त छोड्न खोजिराखेको पनि त छैन !"
"जीवन तिन दिने हुँदैन ,फेरि तिन दिनमा क्लाईमेक्समा पुगेको तेरो कथा सात दिनमा नसिध्दिएला भन्ने के ग्यारेन्टि ?"
"मलाई त यहि तिन दिन मेरो जीवन जस्तो लाग्छ ।"
"ल बधाइ छ त्यसो भए ,, मेरो बिहे तँलाई पनि फाप्यो ।"

उसले बत्ति निभायो ।।।।।म पनि अँध्यारोमा हराउन खोजिराखेको थिएँ ।

क्रमश:

Read Full Discussion Thread for this article