Posted by: chyangre December 14, 2008
More About Dr. Acharya'a suicide
Login in to Rate this Post:     0       ?        

डा. शिवराज आचार्यको जेलभित्रै मृत्यु

 


नेपाली पोष्ट प्रतिनिधि
वासिंङटन डीसी, डिसेम्बर १४


डा. शिवराज आचार्य वर्ष ३३ को डिसेम्बर १३ तारिख शनिबार विहान १० बजेदेखि १२ बजेभित्र जेलभित्रै मृत्युभएको जानकारी जेल प्रशासनले डा.का नातेदार रमेश लामिछानेलाई शनिबार राती ९ बजे फोन गरेर दिएको छ ।
डा. शिवराज आचार्य गत सेप्टेम्बर ४ तारिख पेन्सिलभेनिया राज्यको सडकमा कार दूर्घटनामा परि एक अमेरिकन नागरिकको मृत्यु गराएको आरोपमा पेन्सिलभेनियास्थित जेलमा रहँदै आएका थिए ।
जेल प्रशासनले लामिछानेलाई हामीले आचार्यलाई बचाउन नसकेको बताउँदै खबर गरेका थिए । लामिछानेका अनुसार डा. शिवराजले जेलभित्रै आत्महत्या गरेको हुनसक्ने आफूले शंका गरेको भए पनि जेल प्रशासनले भने के कसरी मृत्युभएको हो अझै जानकारी दिइ नसकेको बताउनुभयो ।
शनिबार विहान ९ बजेमात्र डा. शिवराज आचार्यले आफूसित फोनमा कुराकानी भएको पनि लामिछानेले नेपालीपोष्टलाई बताउनुभयो ।

नेपाल चितवन घर भएका डा. शिवराज आचार्य सिकागोस्थित एक अस्पतालमा विगत एक वर्षदेखि रेसिडेन्सी गरिरहेका र अर्को कामको खोजीमा पेन्सिलभेनिया जाँदै गर्दा आफूले चलाएको गाडी दूर्घटनामा परेको थियो ।
उहाँका नातेदार लामिछानेकाअनुसार आफूले डा. शिवराजलाई भेट्दा सो दूर्घटना भएको आफूलाई थाहै नभएको उहाँले बताउनुभएको र आफू डरले भागेको बताएका थिए । दूर्घटना गराएपछि भाग्दा उहाँ हातमा चप्पल र अण्डरवेयरमात्र लगाएको अवस्थामा सडक नजिकै जंगलमा प्रहरीले फेला पारेको थियो । उहाँले मानसिक सन्तुलन गुमाउनुभएका कारण यस्तो दूर्घटना भएको भएको भन्दै जेल प्रशासनले समेत उहाँलाई उपचारका लागि मानसिक वार्डमा राख्दै आएको र केही दिनदेखिमात्र उहाँलाई जेलमा राखेको थियो ।
अमेरिकी जेल प्रशासनले समेत जेलमा सुरक्षा दिन नसकेकोमा उहाँका नातेदारले दुःख व्यक्त गर्दै आफूले डा. आचार्यको मानसिक सन्तुलन ठिक नभएको भनेर पटक पटक जेल प्रशासनलाई सचेत गराउँदा गराउँदै पनि जेल प्रशासनले वास्ता नगरेकोमा समेत लामिछानेले रोष प्रकट गर्नुभयो ।

Read Full Discussion Thread for this article