Posted by: Deep December 12, 2008
~ * चौतारी-१३६ *~
Login in to Rate this Post:     0       ?        

नेपालबाट आएर एउटा डेराँ बस्या थिएँ एक जना दाई सँग। ती दाईका एक जना अर्का दाईले नेपालबाट सिफारीस पत्र लेखीदीएका थिए। जस्को डेराँ बस्या थिएँ, ती दाई फेरी बोतल खाली गर्न खप्पीस रहेछन। बोतल खोले पछी, "बुझेउ भाई -- त्रिचन्द्रमा मेरा चारवटा गर्लफ्रेण्ड थिए, बे चै पाँचौ सँग गरीयो। स्वास्नीलाई भिसा दिएन अनि यता छैठौं खोजिंदैछ। के गर्ने? एक्लै त गार्हो हुने रेछ-- " भन्थे। जहिले बोतल खोल्यो त्यै -- अनि एक दुई दिन पछी चै जब उनले "बुझेउ भाई -- त्रिचन्द्रमा मेरा चारवटा गर्लफ्रेण्ड थिए--" भन्थे अनि म थप्थें "अनि दाईले पाँचौ सँग बे गर्या" "भाउजुलाई भिसा दिएन, अनि यता अब छैठौ खोज्दै"

अनि उनले भन्थे "फेरी भाउजु रे? भाउजु हैन त श्रीमती -- भाउजुलाई त भिसा दिओस कि नदिओस मलाई के मतलब?" अनि म भन्थें "हैन मेरो चै भाउजु नी --दाईको त श्रीमती" अनि उ "ए" भन्थे।

फेरी अर्को दिन सुरु गर्थे --  "बुझेउ भाई, --"त्यति बेला सम्म मलाई उनले त्यति भने पुग्थ्यो बाँकि म टिप्थें 'दाईका त्रिचन्द्रमा चारवटा गर्लफ्रेण्ड, बे पाँचौ सँग गर्या -- दाईको श्रीमतीलाई भिसा दिएन -- अनि अब छैठौ खोज्दै" अनि उनले भन्थे "दाईको श्रीमतीलाई भिसा नदेको हैन त मेरै श्रीमतीलाई चै नदेको - यो एउटा कुरा चै तिमीले कहिलेई बुझेनौ --"

त्यस्तै एक दिन जब उनले "बुझेउ भाई --" भनें मैले थपें "दाईका चारवटा गर्लफ्रेण्ड त्रिचन्द्रमा, बे पाँचौ संग गर्या -- तपाईँको श्रीमतीलाई भिसा दिएन अनि अब यता छैठौ खोज्दै --" उनले मुसुक्क हाँस्दै भनें "छैठौ खोज्दै हैन अब सम्हाल्दै हो--निकारागुवाकि फेला पार्या छु -- अब त खोज्दा सातौ खोज्ने हो"

त्यस्को भोली पल्ट म स्कुलबाट डेराँ फर्किदा दाई त दिउँसै त्यो पनि एक्लै घुट्क्याउँदै रहेछ्न। अनुहार पनि बाटामा खस्या भोगटे माथि भर्खरै ट्र्कको पाँग्रा पर्या जस्तो देखिन्थ्यो उनको। "के हो दाई? दिउँसै?" भन्या "के गर्ने त? स्वास्नीले भिसा पाई रे नेपालमा --" भनें।

त्यस पछी त्यो डेरा मैले छोडनु पर्ने भो। साथीहरु सँग अर्को डेरामा सरें। डेरा सर्या पैलेई दिन त्यो डेराको साथीले भन्यो "खै तिम्रो डिङ्गो बुट छैन?" मैले "छैन" भनें। उस्ले "बर्बादै गरेउ नी त -- अमेरीका आएर म्याकडोनाल्डमा खाएन, डिंगो बुट लाएन भने त बेईज्जतै भो नी" भन्यो र मलाई नजिकैको मलमा पुर्यायो। डिंगो बुट किनायो। किन्ने बित्तिकै लाएर गएको  जुत्ता झोलामा हालेर डिंगो बुट लाएर घर फर्कें। बाटो भरी टक टक गर्दै हिनियो। मजा आयो। धेरैले हेरे मलाई।

भोली पल्ट बिहानै स्कुल जानु थ्यो। डिंगो बुट लाएर निस्किएँ। बाहीर त टन्नै हिउँ पर्या रहेछ। झन्नै घुँडा सम्म धसियो। रमाईलो लाग्यो। एक छिन खेल्न मन लाग्या थ्यो तर बस आउने बेला हुनै लाईसक्या थ्यो -- नभन्दै आयो पनि। बस सडकको पारी पट्टी आउँथ्यो। बस देखेर छिटछिटो हिन्ने भाको डिंगोले नराम्रो सँग लत्तो छाडयो। सुलित्त चिप्लेर बाटाँ स्नोबुट लाएर हाताँ नुन बोकेर छर्किदै हिनेका दुई जनालाई समेत लडाउँदै अलि तल पुगेर रोकिएँ।

भरखर लडने जर्याक जुरुक उठेर रन्किदै आईपुग्यो म भा ठाममा। उस्को आँखा मेरो डिंगोमा परेछ करायो "यो डिंगो बुट लाउने बेला हो? समरमा पो लाउनु पर्छ"

"हिंजो भरखर त किनेर ल्याउँदैछु, लाउँला नी समरमा पनि" भन्न मन लागेको थ्यो फेरी अरु दु:ख पाईएला भनेर भनीन।

Read Full Discussion Thread for this article