Posted by: Himalaya178 December 12, 2008
सय दिनमा ३६ भ्रमण
Login in to Rate this Post:     0       ?        

could be Rs15800, Do you think 200 Us dollars/day in US is enough for these fools.

"सायद सरकारमा बसेपछि प्रचण्डले बल्ल यो यर्थाथको अनुभव गरेछन । काम गर्न कुरा गरे झै सहज छैन भन्ने उनले यर्थाथबोध गरेकाले नै उनका यि निरासा देखिएको हुनसक्छ ।सरकारमा पुगेपछि चमत्कार गर्छु भनेर फुर्ति लाउने दलहरुलाइ परिर्वतनकारी काम गर्न कसले रोकेको छ परिवर्तन माओवादीले मात्र गर्न सक्छ भनेर दावा गर्दै हिड्ने शक्ति अहिले काम गर्ने जिम्मेवारीमा पुगेको छ ।"

हरिहर शर्मा
सत्तामा बस्या हो कि सडकमा प्रतिपक्ष बनेको हो पत्तो पाउन मुस्किल भयो सत्ताधारी दलहरुको । जसले सरकारको नेतृत्व गरेको छ उ काम गर्न सकिएन पुसभित्र जनतालाइ परिर्वतनको आभास दिन सकिन भने सरकार छोडेर सडकमा जान्छु भन्दै घुर्कि लगाउंछन जसले शुरक्षाको जिम्मा लिएर गृह मन्त्रालयको कुसीमा बसेका छन उही अब गुहयुद्ध हुन्छ भन्दै हिडेका छन । सत्तामा बसेर सत्ताको रस चाख्ने मधेसी जनअधिकार फोरम र सद्भावना पार्टीका मन्त्री सरकारले सहमति कार्यान्वयन गरेन भन्छन । उनीहरुले प्रयोग गर्ने भाषा हेर्दा यस्तो लाग्छ- उनीहरु सत्ताधारी हैनन प्रतिपक्ष हुन । तर वास्तवमा उनीहरु नै सत्ताधारी हुन ।

यो एक हप्तामा प्रचण्डका २ वटा निरिह भनाइ आए । पहिलो सत्ताधारी दलको ब्यबहारप्रति लक्षित थियो । सरकारमा सहभागि भएका ६ दल ६ तिर फर्किएकाले काम गर्न अप्ठ्यारो भएको बताएर आफु काम गर्न इच्छुक रहेको तर अरुले नदिएको भन्ने शन्देस दिने प्रयास गरे । त्यसको केही दिनमै पुन उनको अर्को अभिब्यक्ति आयो-पुस भित्र परिर्वतनको आभास दिन नसके सरकार छाडेर सकड संघर्षमा उत्रिने रे ।
तर अचम्म के भने उनीहरुलाइ काम गर्न कसले रोकेको छ सरकारमा पुगेपछि चमत्कार गर्छु भनेर फुर्ति लाउने दलहरुलाइ परिर्वतनकारी काम गर्न कसले रोकेको छ परिवर्तन माओवादीले मात्र गर्न सक्छ भनेर दावा गर्दै हिड्ने शक्ति अहिले काम गर्ने जिम्मेवारीमा पुगेको छ ।
किन सकिरहेका छैनन त काम गर्न ? किन सकिरहेका छैनन परिर्वतन गर्न । यो घुर्कि काम गर्न नसक्ने लाचारीपनको उपज हो भन्ने निष्कर्ष निकाल्दा फरक पर्ला र
कांग्रेस सरकारमा छैन । प्रतिपक्षमा बसेको छ । तर उसले सरकारलाई घेराबन्दी गरेको छैन । शब्दको माध्यमवाट धम्क्याउने काम गरिरहेको छ । तर उ सरकार विरुद्ध सडकमा उत्रिएको छैन ।
सरकारलाइ कामै गर्न नदिने वातावरण निर्माण गरेको छैन । प्रतिपक्षले सत्तापक्षलाइ सरकार संचालनमा सहयोग कसरी गर्न सक्छ सत्ता संचालनमा सहयोग गरेपछि त सत्ताधारी भइहाल्यो नि कसरी प्रतिपक्ष भयो ?

हिजो कांग्रेसले सरकारको नेतृत्व गर्दा माओवादी जसरी सत्तामा बसेर प्रतिपक्षको भुमिकामा थियो त्यो भुमिका कांग्रेस लगायत अन्य सत्ताबाहिरका दलले त गरेका छैनन नी । वाइसिएल र युथफोस्र कांग्रेसका शक्ति हैनन । नेविसंघ तरुण दल कसैसंग भिड्दै अराजकता फैलाउन हिडेका छैनन । तर काम गर्न नसक्ने माओवादी आफ्नो कमजोरी लुकाउन दोष कांग्रेसलाइ पन्छाएर खुब परिर्वतनकामी शक्ति बन्न खोजिरहेको छ । जो लाजमर्दो तथ्य हो ।

कांग्रेस लगायतका सत्तामा नभएकाले दलले के गर्ने के प्रधानमन्त्रीको कार्यालयमा बसेर काम गरिदिने हो सरकार बाहिर बसेकाको के हैसियत हुन्छ सरकार संचालनको उनीहरुमा के निर्णय क्षमता हुन्छ उनीहरु सरकारबाहिर बसेर सरकारले गर्नसक्ने के काम गर्न सक्छन र के सरकारमा बसेकाहरुले गरेको खराव कामको पनि आलोचना नगरी मौन बसेर सहयोग गर्नुपर्यो भनेको हो प्रश्न अनगिन्ती छन ।
सडकमा उफि्रनुमा र कुसीमा बसेर काम गर्नु बराबर हुनैसक्दैन । सडकमा उफि्रएर भाषण ठोके हुन्छ । सडकमा कार्यकर्ता उतारेर अराजकता फैलाए हुन्छ । तर सत्तामा गएपछि त काम गर्नुपर्यो । राज्यका सबै संयन्त्रको सही परिचालन गरी नागरिकलाइ राहत दिनसक्नु पर्यो । जुन सडकमा उफि्नु जत्तिको सहज छैन । सायद सरकारमा बसेपछि प्रचण्डले बल्ल यो यर्थाथको अनुभव गरेछन । काम गर्न कुरा गरे झै सहज छैन भन्ने उनले यर्थाथबोध गरेकाले नै उनका यि निरासा देखिएको हुनसक्छ ।

 

 

Read Full Discussion Thread for this article