Posted by: grishma December 11, 2008
अनि कहिले जाँदै छ त ऊ?
Login in to Rate this Post:     0       ?        
               अनि कहिले जाँदै छ त ऊ? आलोकको यो प्रश्नको जवाफ मन्दिराले सटिक शब्दमा दिई "अब धेरै दिन पर्खनु पर्दैन" र फोन राखी। मन्दिराको जवाफले आलोक मन मनै रोमान्चित भयो, उस्ले पुषको चिसो रातमा कता कता न्यानो महशुस गर्‍यो। केही दिन पछिका कल्पनाका रातहरु उस्को वरिपरी झुम्मिन थाले। जाडो बिदामा ऊ काठमाडौं नछोड्ने निर्णय गर्‍यो र घरमा श्रीमतीलाई खबर पठायो "अहिले म घर आउन नपाउने भएँ, पाँच हजार पठाको छु बाबुको स्कुलको फी तिरिदिनु, घरखर्च चलाउँदै गर्नु म पछि फेरी  पठाइदिउँला।" अर्थ बिभागको सुब्बा आलोक अली अली हिसाब तलमाथि पार्न सिपालु नै थियो। तलबले आफ्नो खर्च धान्न गाह्रो भए पनि महिनाको दश आठ हजार घरमा पठाएकै हुन्थ्यो। तर यसपाली भने दुई महिना पछि पठाउदा पनि मात्र पाँच हजार ! उस्की श्रीमती आश्चर्य नपरेकी होइन तर ऊ भित्र आलोक प्रती अगाध विश्वाश छ।  त्यसैले उस्ले त्यती चासो दिइन यो कुरालाई।
                 आलोक मन्दिराको माइती तिरको मान्छे हो। अलिकती चतुर, सजिलै अरुको विश्वाश जित्न सक्ने खुबी भएको र ब्यक्तित्वको धनी जस्तो लाग्ने ऊ  पर्दा अरुलाई नसघाउने मान्छे पनि होइन। पोहोर साल मन्दिराको बिहेको कुरा चल्दा केटा पक्षको बारेमा सोधखोज  गर्ने  उही थियो। मन्दिराको बिहे पछि मैतिदेवीमा कोठा खोजिदिने र बसोबासको ब्यबस्था मिलाइदिने  पनि उही नै थियो र बेलामा बेलामा फोनमा सुनाइ रहन्थ्यो- मलाई टाढाको सम्झनु पर्दैन, साह्रोगाह्रो  पर्दा सम्झिनु, त्यस्तै बेलामा त होनी आफ्नो मान्छे काम लाग्ने भनेको। मन्दिरा बडो कलात्मक अभिनय गर्दै जवाफ फर्काउँथी- हो नी दाजु हामीलाई केही पर्दा सम्झने भनेको हजुरलाई नै त हो नि। देख्ने सुन्नेलाई संगोलको दाजु बहिनिको भन्दा नजिकको लाग्थ्यो यिनिहरुको सम्बन्ध। तर फोनमा बाहेक भेट्घाट खासै गर्दैनथे न त सहयोगको आदान प्रदान नै हुन्थ्यो। एउटै पेट्बाट झरेको  दाजुले दुई चार पैसा सहयोग नगर्दा काठमाडौंमा बोर्डिङ्का केटाकेटीलाई होम ट्युशन पढाएर दु:खले M.Sc. गरेको बिक्रम आलोकको सद्भाबप्रति नतमष्तक थियो। उता पर्ने जेठानको उस्तो मिजास यता एउटै लाम्टो चुसेको दाजुको भाईप्रति यस्तो अबिश्वास। आफ्नै श्रीमतीप्रति लज्जित ठान्थ्यो बिक्रम यो कुरामा आफुलाई।
क्रमश...   
Read Full Discussion Thread for this article