Posted by: chipledhunga December 11, 2008
Login in to Rate this Post:
0
?
हिउँकै कुरा अघी बढाउँ न कसो? म अमेरिका आएको पहिलो बर्षको कुरा हो। अक्टोबर महिनाको अन्त्यतिर कलेजले नै आयोजना गरेको भ्रमणमा गैंदैथियो करीब १०० माइल उत्तरको शहरमा। अलिअलि चिसो भएकोले सबैजसोले पातलो ज्याकेट अथवा त्यस्तै लुगा लगाएका थिए। पानी पारीरहेको थियो, तर आधा बाटो जति माथि पुगेपछि त हिउँ नै पर्न थाल्यो। सामान्यत: मध्य डिसेम्बर नभै हिउँ नपर्ने रहेछ तर त्यो दिन अप्रत्याशित रुपमै पर्यो। खास त चिँडियाखाना जान भनेर हिंडेका थियौं हामी तर हामीलाई त मलमा लगेर छोडिदिए। जीवनमा पहिलो चोटि मल देखियो जे होस्, हाम्रो बिशालबजार भन्दा पनि कति ठुलो कति ठुलो। खास गरी गर्मी ठाउँबाट आएका मान्छेहरुले त कहिले हिउँ देखेका थिएनन्। मैले पनि सिमभन्ज्याङमा जमेको केही बाहेक अरु देखेको थिइनँ। जे होस् अलिअलि मात्रै भए पनि खेल्न पाइयो त्यो बेला।
एक चोटि बाक्लै हिउँ परिरहेको बेलामा गाडी हाँकिरहेको थिएँ। अलिकती ओरालो पर्ने बाटोमा स्टप साइनमा रोक्न खोज्छु त चिप्लेर गाडी घुमेर झन्डै छेउको बिजुलिको खम्बामा ठोक्किन पुगेको थिएँ। धन्न नजिकै अरु गाडी थिएनन्।
नेपालमा भने हिउँ परेकै जम्मा दुई चोटिको मात्रै अनुभव छ। अन्नपूर्ण क्षेत्रमा पदयात्रा गर्दै थिएँ दुई बिदेशी साथीहरुसँग (ऊही बस नम्बर १०१ म लेखेको थिएँ नि)। अलिअली पानी पर्दै थियो, उकालो लाग्दै जाँदा हिउँ नै पर्न थाल्यो। तारानाथ शर्माको घनघस्याको उकालोको सम्झना आयो। बेलायतमा हिउँ धेरै चोटि देखेको भए पनि नेपालमा देखेको पहिलो चोटि थियो, त्यो मेरो हिउँ थियो, हिमाली हार्दिकता बोकेको थियो आदि के के लेखेका थिए नि।