Posted by: somewhereondearth December 11, 2008
मनोजले छोडेको कथा
Login in to Rate this Post:     0       ?        
भाई , तिमी कथालाई यसरी जीवन्त बनाई दिन्छौ कि म पर भाग्छु भन्छु, पढ्दिन भन्छु, अंह तिमी कहिले दिदैनौ। तिमी कथालाई यस्तो जिवन्त बनाई दिन्छौ म हुरुक्क हुन्छु । म निरिह हुन्छु । लठ्ठिन्छु । कथा पढ्दै तिमी ले उडाएका भावनाका, सम्बन्धका जहाज मा म नतमस्तक भएर सवार हुन्छु । अनि तिमीले बेला बेला लामो अन्तरालको बिदा लिएर कथा अधुरो छोड्दा म बेसाहारा भएर भावना बाट सोझै ठोस यथार्थ धरातलमा खस्छु जस्तो लाग्छ ।
आशा छ यो पट्क बीचैमा छोडेर जान्नौ होला, मनोज ले जस्तो ।
अनि त्यो मनोज लाई पनि सुनाई दिनु सम्झना भनेर, एकलकाटे किन भएको हो त्यो??

-somewhereondearth
Read Full Discussion Thread for this article