मामा म सञ्चै छु। हजुर नि?
पर्बत्य ज्यु आरामै ?
लहरे म तिमी जस्तो होइन नभएको बेलामा भन्ने साथी। तिमी आएको देखेर नै भनेकी हुँ। त्यही पनि त्यस्तो नराम्रै त केही भनेकी छैन है,
***************************
सबैले हिउँ को कुरा गरेको भएर एउटा घटना सुनाउन मन लाग्यो मलाई चै।अमेरिकामा पहिलो क्रिस्मस को छुट्टी थ्यो। काममा जान मन पनि थेन। साथीहरु चै सुतिराथे सिरकमा गुटुमुटु परेर, खुट्टा र टाउकोनै छुट्टाउन गाह्रो हुने गरेर। एकदम चिसो थ्यो बाहिर। काममा पुगेको एक्छिन मा त हिउ पो पर्न थाल्यो। आफु त्यत्तिकै एक्साइटेड। बाहिर जाउँ जाउँ जस्तो लागिरा बेलामा साथीले फोन गरी "हामी त हिउमा फोटो खिच्न जान ला" भनेर। झन चन्चल भईहाल्यो मन। तर काम बाट पो कसरी निस्किने उपाए सोच्दैमा हैरान। साथीहरु सम्झिन थालेँ कती रमाइलो गरिरा होलान यो हिउमा खेल्दै , रुन मात्रै सकेको थिन। साहु आयो, "are you ok? you don't look so happy" भन्दै। हत्तपत्त बाहना फेरी बनाउन किन आउथ्यो र आफुलाई? भन्न पनि आज मेरो जन्मदिन काम गर्न मन लागेन पो भनेछु। बिचरा बुढो त "oh then it's your day today, you should go home and enjoy rest of the day" भनेर उल्टो फ्रीजर बाट चिज केक पनि दियो मलाई। खुशी हुँदै बाहिर निस्किने बित्तिकै फोन गरेर साथीहरुलाई भने "तिमिहरु नजाउ है, म पनि आए" भन्दै। अपर्ट्मेन्ट भित्र छिर्न पाएको छैन कराउन थाले वाउ चिज केक पनि भन्दै। आफुलाई चै बुढोलाई ढाटेको तेत्तिकै नरमैलो पो लाग्यो, त्यो हिउँ भनेर आएको अक्साइट्मेन्ट पनि गयो कता हो कता? तै पनि ल ल जाउ अब भनेर निस्क्यौ ३ जना। गाडी स्टार्ट गर्न एउटी अगाडि नै गइहाली, अर्की को मेक अप कहिले नसक्किने जस्तो थ्यो म छिट्टो आउजो भनेर तल ओर्लिए। बाहिर निस्केको मात्रै के थिए त्यो सिमेन्टेड भईमा त हिउ क्य स्लिपरी हुदो रहेछ, के था? चिप्लेर पुगे म त कतातिर बज्जारिन। बल्ल तल्ल उठेको त रगत पो आउन थाल्यो निधारबाट। फुटेछ मेरो निधार नै। धेरै होइन अलिकती। अझ सम्म पनि छ चिनो चै पहिलो हिउ को। दोश हिउ को हो कि मेरो ढंग को हो या झुटो बोलेको पाप कराको हो तर दु:ख चै पाए। निधार सुन्निएर गणेश को जस्तो भएको थ्यो। आँखा पनि कोप्चिन पुगेको थ्यो त्यो बेलामा त । त्याँ देखी कहिले मन परेन यो हिउ भन्ने कुरा मलाई चै