Posted by: chipledhunga December 11, 2008
~ * चौतारी-१३६ *~
Login in to Rate this Post:     0       ?        

चेली, बिरगंज होइन माथि सिमभज्याङतिर बसाइ सर हिउँ हेर्ने हो भने। अझ माथि ताप्लेजुङ्देखि दार्चुलातिर जता सरे नि हुन्छ, अलि मजाले हेर्न त।  
ठुल्दाइले हँसाउनुभो फेरि तेन्जिङसँग सोलु गएको भनेर।
बाउचा कता तिर बसाइ सर्ने बिचार हो?
यो ठाउँ पनि नाम मात्रै "हिउँ"स्टन हो, दुई चार बर्षमा अलिकति हो कि होइन जस्तो हिउँ पर्छ रे। अर्को हप्ता फेरि गर्मी हुने कुरा गर्छन् मौसमबिदहरु। बरु आफ्नो पुरानो गाउँ नै ठीक थियो मौसमको कुरामा त। गर्मी पनि यहाँ जस्तो नहुने, जाडोमा हिउँ पनि राम्रै देख्न पाइने। एक चोटि चाँही आईस स्टोर्म आएर दु:ख पाएको हो।      
Read Full Discussion Thread for this article