Posted by: chipledhunga December 11, 2008
Dhankuta
Login in to Rate this Post:     0       ?        

नक्कली, २०४५ को भूकम्प जान भन्दा ठ्याक्कै अघिको हिउँदमा मैले पहिलो चोटि पूर्वान्चल जाने मौका पाएको थिएँ। त्यो बेला एक रातको लागि धरान बसेको हो। बिजयपुर पनि त्यही बेला गएको थिएँ। सार्है मन परेको थियो मलाई धरान। भूकम्पले धरान क्षतिग्रस्त भएको देख्दा एकदमै दु:ख लाग्यो। केही बर्ष पछि धनकुटा जाने मौका मिल्यो। भूकम्पको कारण भत्किएको धरानको प्रवेशद्वार अझै पुनर्निर्माण भएको थिएन।  

रेडियोबाट बज्ने गीतहरु मैले क्यासेटमा भर्ने गर्थें। धनकुटा गएको केही महिना पछि मैले माथि लेखेको गीत बज्यो। आफूले भौतिक रुपमा घुमेका कतिपय ठाउँहरु उक्त गीत मार्फत फेरि घुम्ने अवसर मिल्यो।     

Read Full Discussion Thread for this article